बिपी क्यान्सर अस्पतालमा अतिरिक्त समयमा शल्यक्रिया सेवा
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शल्यक्रियाको विस्तारित सेवा पुन सुरुआत गरिएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार बिरामीको चाप बढ्दै गएपछि नियमित समयभन्दा अतिरिक्त समयमा शल्यक्रिया सेवा थालिएको हो ।
नियमितभन्दा अतिरिक्तमा केही शुल्क बढी लाग्ने भए पनि पालो कुर्न नचाहने र आर्थिक रूपमा केही सक्षम बिरामीलाई लक्षित गरेर सेवा थालनी गरिएको हो । यसबाट विपन्न अन्य बिरामीका लागि पनि सहज हुने उनले जानकारी दिए ।
गत आइतबार आन्द्राको क्यान्सरको शल्यक्रिया गरिएको कन्सल्टेन्ट सर्जिकल अङ्कोलोजिष्ट डा ज्ञानप्रसाद पोखरेलले बताए । सोमबार नाक, कान, घाँटीको शल्यक्रिया यसै सेवाअन्तर्गत गरिएको छ ।
अस्पतालमा नियमित शल्यक्रिया गर्नुपर्ने बिरामीले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । डा पोखरेलले विस्तारित सेवामार्फत उपचार गर्न पाएसँगै बिरामीलाई धेरै राहत हुने बताए ।
अस्पतालमा न्यूरो (नसा), हेड एण्ड नेक (नाक–कान–घाँटी), थोरासिस (छाती) जिआई (पेट) ब्रेस्ट (स्तन), युरोलोजि (मूत्रासय), गाइनोलोजी (पाठेघर), अर्थोपेडिक्स (हाडजोर्नी), प्लाष्टिक शल्यक्रिया हुने गर्दछ । तीमध्ये प्लाष्टिकबाहेकका सबै शल्यक्रिया विस्तारित सेवामा हुनेछन् ।
कार्यकारी निर्देशक डा पौडेलले देशभरमा क्यान्सरको उपचार हुने बिरामीमध्ये ६० प्रतिशत यसै अस्पतालमा हुने गरेको बताए । उनका अनुसार सन् २०२३ मा अस्पतालमा पाँच हजार ३७४ वटा शल्यक्रिया गरिएका छन् । अघिल्लो वर्ष चार हजार शल्यक्रिया गरिएको थियो ।
सन् २०२३ मा बहिरङ्ग सेवामा एक लाख ७२ हजार ५६ बिरामीको उपचार गरिएको छ । अघिल्लो वर्ष यो सङ्ख्या एक लाख ६२ हजार थियो । सन् २०२४ को तथ्याङ्क आइनसके पनि निरन्तर बिरामीको सङ्ख्या बढ्दै गएपछि चापलाई ध्यानमा राखेर अस्पतालले विस्तारित सेवा सुरु गरेको हो ।
ताजा अपडेट
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
- ‘जेनजी’ आन्दोलनका घाइतेलाई ४८ लाख भैपरी खर्च निकासा
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया