नेपाल नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच आँखा उपचारमा सहकार्य
काठमाडौँ । नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौँ विश्वविद्यालय अस्पताल (डीएच–केयूएच) बीच आँखा स्वास्थ्य, शैक्षिक तालिम र अनुसन्धान प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा विराजमान कर्माचार्य र नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले शुक्रबार द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गरे ।
सम्झौताअनुसार धुलिखेल अस्पतालका आवासीय चिकित्सक र नेत्र विशेषज्ञलाई एनएनजेएस अन्तर्गतका विभिन्न अस्पतालमा तालिम, अनुसन्धान र बाह्य कार्यक्रममा सहभागी गराइनेछ ।
सोहीअनुरूप काठमाडौं विश्वविद्यालयका ग्लोबल हेल्थ तथा एपिडेमियोलोजी विषयका विद्यार्थीलाई पनि एनएनजेएसमा शैक्षिक आदान–प्रदान, अध्ययन भ्रमण र अनुसन्धानमा सहभागी गराउने व्यवस्था गरिएको छ ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रकाअनुसार दुई संस्थाकाबीच संयुक्त अनुसन्धान र सहप्रकाशनसमेत हुने छ ।
अठ्ठाइस आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत नेपाल नेत्रज्योति सङ्घले वार्षिक ३० लाखभन्दा बढी व्यक्तिलाई सेवा दिँदै आएको छ भने तीन लाखभन्दा बढी आँखाको शल्यक्रिया गर्दै आएको छ ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया