सुदूपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा
थप ३ जना बढुवामा सिफारीस
धनगढी । सुदूपश्चिम प्रदेश सरकारले पहिलो पटक उपसचिव बढुवा गरेको छ ।
प्रदेश सरकारले कानुन निर्माण गरी सामान्य प्रशासन, स्वास्थ्य, शिक्षा, भेटनरी, लेखा, कृषि, इन्जिनियरिङका साथै अन्य सेवाका प्रदेशमा समायोजन भएका कर्मचारीहरूको बढुवा भएको हो ।
जसमध्ये स्वास्थ्य क्षेत्रको चिकित्सक, आयुर्वेद चिकित्सक, जनस्वास्थ्य अधिकृत ,स्वास्थ्य शिक्षा अधिकृतका साथै नर्सिङ अधिकृत पदमा भएका कर्मचारीको बढुवा गरेको हो ।
जसमध्ये जनस्वास्थ्य प्रशासक, स्वास्थ्य शिक्षा प्रशासक, ईएनटी सर्जन, मेडीकल सुपरीडेन्टेन्ट, कन्सल्टेन्ट आयुर्वेद विज्ञसँगै अस्पताल नर्सिङ प्रशासकको विभिन्न प्रक्रियाबाट बढुवा गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारले उपसचिव पदमा बढुवा गर्नेमा चिकित्सकमा डा ज्योति पाण्डेय, डा सन्दिप कुमार ओखेडा र आर्युर्वेद चिकित्सक डा खगेन्द्र बम रहेका छन् ।
त्यसैगरी, जनस्वास्थ्य प्रशासकमा बढुवा हुनेमा झनक राज ढुङ्गाना र ओम प्रकाश जोशी रहेका छन् ।
स्वास्थ्य शिक्षा प्रशासक पदमा बढुवा हुनेमा हेमराज खड्का रहेका छन् भने अस्पताल नर्सिङ प्रशासकमा सिमा शर्मा रहेकी छिन् ।
यस्तै, स्वास्थ्य तर्फको उपसचिव पदमा बढुवा सिफारीस हुनेमा थप ३ जना रहेका छन् ।
सिफारीस हुनेमा बरीष्ठ जनस्वास्थ्य अधिकृत द्धय रमेश कुवँर,रमेश मलासी र अस्पताल नर्सिङ प्रशासकमा कमला बिष्ट रहेका छन्।
आठौं तह भएको १८ वर्ष पछि बढुवा
सुदूरपश्चिम प्रदेशमा एक आयुर्वेद चिकित्सकको आठौं तह भएको १८ वर्षपछि उपसचिवस्तर आर्युर्वेद कन्सल्टेन्ट विज्ञमा बढुवा भएको हो ।
आर्युर्वेद चिकित्सक डा खगेन्द्र बमको कार्यक्षमता मुल्याङकनको आधारमा प्रदेश सरकारले बढुवा गरेको हो ।
स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशक रहेका आयुर्वेद चिकित्सक डा. बम २०६३ मा सरकारी सेवा प्रवेश गरी २०६४मा आठौं तह भएका थिए ।
ताजा अपडेट
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
- विपीन जोशी: गाजामा मारिए, महाकालीमा बिलाए
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया