सुदूरपश्चिम प्रदेशमा बिशेषज्ञ क्लनिक संचालनको लागि नयाँ मापदण्ड
पुर्वाधार,जनशक्ति,औजार,उपकरण सँगै औषधी पनि तोकीयो
धनगढी । सुदूरपश्चिम प्रदेश भित्र संचालन हुने र संचालनमा रहेका बिशेषज्ञ क्लनिकहरुलाई संचालन अनुमति दिने तथा नविकरण गर्न नयाँ मापदण्ड ल्याएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी सामाजिक विकास मन्त्रालयले सो मापदण्ड ल्याएको हो ।
सामाजिक विकास मन्त्रालयले उक्त मापदण्ड मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रदेशमा बिशेषज्ञ क्लनिक संचालन गर्न आवश्यक मापदण्ड पुरा गरी स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने र संचालनमा रहेका बिशेषज्ञ क्लनिकहरुले स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पुरा गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै गरी, स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पुरा गर्न दिएको समयभित्र पुरा नगरेमा बिशेषज्ञ क्लनिकको अनुमति रद्ध गरीने समेत सो मापदण्डमा उल्लेख छ ।
बिशेषज्ञ क्लनिकको लागि आवश्यक पर्ने पुर्वाधार, जनशक्ति, औजार, उपकरण लगायत साहायक सामाग्री सँगै आकस्मिक तथा अत्याबश्यक औषधीको समेत उपलब्धता हुनुपर्ने र सेवा ग्राहीलाई ओपिडी , प्रयोगशाला फार्मेसी लगायतको बिल तथा रसिद अनिवार्य रुपमा दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
बिशेषज्ञ क्लनिकहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिक रुपमा स्थानिय तह अन्र्तगतको सरकारी अस्पताल, प्रयोगशाला भएको स्वास्थ्य चौकीमा कम्तीमा एक दिन नि शुल्क ओपिडी सेवा संचालन गर्ने लिखित प्रतिबद्धता गर्नुपर्ने सो मापदण्डमा उल्लेख छ ।






ताजा अपडेट
- स्वास्थ्य बिमाबापत रु एक लाख बराबरको उपचार सेवा यथावत्
- चार सय ९३ स्थानीय तहमा एचपिभी खोप अभियान सञ्चालन
- सेती प्रादेशिक अस्पतालमा निः शुल्क जलन उपचार शिविर हुदै
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- कुष्ठरोग प्रभावितसँग सम्बन्धित नीति तथा कानुन पुनरावलोकन गर्न सुझाव
- स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
- सुदूरपश्चिमका बालबालिकामा पोषणको ‘स्मार्ट सर्वेक्षण’
धेरैले पढेको
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- स्तरोन्नती तथा स्थायी स्वीकृतीको पर्खाइमा रहेको गेटा अस्पतालमा स्वास्थ्यमन्त्रीको अनुगमन
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्षबाट सेवा सुरु
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- मन्त्रिपरीषद बैठक : ११ औं तहका ४ चिकित्सकको जिम्मेवारी हेरफेर


तपाईको प्रतिक्रिया