सुदूरपश्चिम प्रदेशमा बिशेषज्ञ क्लनिक संचालनको लागि नयाँ मापदण्ड
पुर्वाधार,जनशक्ति,औजार,उपकरण सँगै औषधी पनि तोकीयो
धनगढी । सुदूरपश्चिम प्रदेश भित्र संचालन हुने र संचालनमा रहेका बिशेषज्ञ क्लनिकहरुलाई संचालन अनुमति दिने तथा नविकरण गर्न नयाँ मापदण्ड ल्याएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा ८२ ले दिएको अधिकार प्रयोग गरी सामाजिक विकास मन्त्रालयले सो मापदण्ड ल्याएको हो ।
सामाजिक विकास मन्त्रालयले उक्त मापदण्ड मन्त्री स्तरीय निर्णयबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
प्रदेशमा बिशेषज्ञ क्लनिक संचालन गर्न आवश्यक मापदण्ड पुरा गरी स्वास्थ्य कार्यालयबाट अनुमति लिनुपर्ने र संचालनमा रहेका बिशेषज्ञ क्लनिकहरुले स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पुरा गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै गरी, स्वास्थ्य कार्यालय दिएको समयभित्र मापदण्ड पुरा गर्न दिएको समयभित्र पुरा नगरेमा बिशेषज्ञ क्लनिकको अनुमति रद्ध गरीने समेत सो मापदण्डमा उल्लेख छ ।
बिशेषज्ञ क्लनिकको लागि आवश्यक पर्ने पुर्वाधार, जनशक्ति, औजार, उपकरण लगायत साहायक सामाग्री सँगै आकस्मिक तथा अत्याबश्यक औषधीको समेत उपलब्धता हुनुपर्ने र सेवा ग्राहीलाई ओपिडी , प्रयोगशाला फार्मेसी लगायतको बिल तथा रसिद अनिवार्य रुपमा दिनुपर्ने मापदण्डमा उल्लेख छ ।
बिशेषज्ञ क्लनिकहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत बार्षिक रुपमा स्थानिय तह अन्र्तगतको सरकारी अस्पताल, प्रयोगशाला भएको स्वास्थ्य चौकीमा कम्तीमा एक दिन नि शुल्क ओपिडी सेवा संचालन गर्ने लिखित प्रतिबद्धता गर्नुपर्ने सो मापदण्डमा उल्लेख छ ।






ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया