बयलपाटा अस्पताललाई प्रदेश मातहतमा ल्याउने प्रक्रिया अघि बढ्यो
गठन आदेश स्वीकृत, राजपत्रमा प्रकाशन
धनगढी । अछाममा रहेका बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउने प्रक्रिया अघि बढेको छ ।
सामाजिक विकास मन्त्रालयले बयलपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि गठन आदेश तयार गरी मन्त्रीपरिषद बाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन समेत गरेको छ ।
अस्पताल सञ्चालनको लागि प्रदेश सरकारले ५० शैया र २०८२ श्रावण मसान्त सम्म स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ बमोजिम संगठन संरचना तथा दरबन्दी व्यवस्थापन गरी सर्वेक्षण गरी जनशक्ति व्यवस्थापनको कार्य सम्पन्न गरी सम्झौता बमोजिम २०८२ भाद्र १ देखि सञ्चालनमा ल्याउने राजपत्रमा उल्लेख छ ।
प्रदेश सरकारले करारमा जनशक्ति भर्ना गर्ने र स्वीकृत दरबन्दीको स्थायी पदपूर्ति प्रदेश लोकसेवाले गर्ने उल्लेख छ ।
कर्मचारी पदपूर्ति गर्दा बयलपाटा अस्पतालमा कार्यरत रहेका सम्बन्धित पद वा तहका जनशक्तिलाई आन्तरिक प्रतिष्पर्धामा ७० प्रतिशत र खुला प्रतिष्पर्धामा ३० प्रतिशतमा अस्पतालमा कार्यरत र योग्यता पुगेका जनशक्ति पनि सहभागी हुन पाउने राजपत्रमा उल्लेख छ ।
अस्पतालको कार्यकारी निर्देशक मन्त्रिपरिषद्ले नै नियुक्त गर्ने र पदावधि ३ वर्ष रहने पनि राजपत्रमा उल्लेख छ ।
अस्पताल वयबस्थापन समितिको अध्यक्ष अस्पताल रहेको स्थानीय तहको प्रमुखलाई अध्यक्ष बनाइने राजपत्रमा उल्लेख गरेको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया