बयलपाटा अस्पताललाई प्रदेश मातहतमा ल्याउने प्रक्रिया अघि बढ्यो
गठन आदेश स्वीकृत, राजपत्रमा प्रकाशन
धनगढी । अछाममा रहेका बयलपाटा अस्पताललाई प्रदेश मातहत ल्याउने प्रक्रिया अघि बढेको छ ।
सामाजिक विकास मन्त्रालयले बयलपाटा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि गठन आदेश तयार गरी मन्त्रीपरिषद बाट स्वीकृत गरेर राजपत्रमा प्रकाशन समेत गरेको छ ।
अस्पताल सञ्चालनको लागि प्रदेश सरकारले ५० शैया र २०८२ श्रावण मसान्त सम्म स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ बमोजिम संगठन संरचना तथा दरबन्दी व्यवस्थापन गरी सर्वेक्षण गरी जनशक्ति व्यवस्थापनको कार्य सम्पन्न गरी सम्झौता बमोजिम २०८२ भाद्र १ देखि सञ्चालनमा ल्याउने राजपत्रमा उल्लेख छ ।
प्रदेश सरकारले करारमा जनशक्ति भर्ना गर्ने र स्वीकृत दरबन्दीको स्थायी पदपूर्ति प्रदेश लोकसेवाले गर्ने उल्लेख छ ।
कर्मचारी पदपूर्ति गर्दा बयलपाटा अस्पतालमा कार्यरत रहेका सम्बन्धित पद वा तहका जनशक्तिलाई आन्तरिक प्रतिष्पर्धामा ७० प्रतिशत र खुला प्रतिष्पर्धामा ३० प्रतिशतमा अस्पतालमा कार्यरत र योग्यता पुगेका जनशक्ति पनि सहभागी हुन पाउने राजपत्रमा उल्लेख छ ।
अस्पतालको कार्यकारी निर्देशक मन्त्रिपरिषद्ले नै नियुक्त गर्ने र पदावधि ३ वर्ष रहने पनि राजपत्रमा उल्लेख छ ।
अस्पताल वयबस्थापन समितिको अध्यक्ष अस्पताल रहेको स्थानीय तहको प्रमुखलाई अध्यक्ष बनाइने राजपत्रमा उल्लेख गरेको छ ।
ताजा अपडेट
- जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस्”
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया