सबै सङ्घीय अस्पतालमा स्वास्थ्य उपकरणको लेखा परिक्षण अनिवार्य
काठमाडौँ । सबै सङ्घीय अस्पतालले आफ्ना स्वास्थ्य उपकरणको अवस्था अनिवार्य रूपमा लेखा परीक्षण गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले अस्पतालमा रहेका उपकरणको यकिन विवरण उपलब्ध नभएकाले यस्तो निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपकरण व्यवस्थापनमा चासो देखाउँदै बिग्रिएका उपकरणको जानकारी लिएर मर्मतका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिएका थिए । ।
सो क्रममा सामान्य खर्चमा मर्मत गर्न सकिने थुप्रै उपकरण अस्पतालमा प्रयोगविहीन अवस्थामा थन्किएको पाइएको थियो । त्यसपछि मन्त्रालयले उपकरणको लेखाजोखा सुनिश्चित गर्न लेखा परीक्षणको प्रक्रिया अघि बढाएको हो ।
तीन वर्षदेखि यस्तो प्रयास चलिरहेको भए पनि हालैको निर्णयले अब स्पष्ट रूपमा लेखा परीक्षण अनिवार्य गर्ने व्यवस्था गरिएको छ । गुणस्तर मापन तथा नियन्त्रण महाशाखाका प्रमुख डा सरोज शर्माले अडिटको व्यवस्था लागू भएपछि उपकरणको अवस्था, मर्मत आवश्यकताबारे जानकारी, सुरक्षा तथा स्टक व्यवस्थापनमा सहजता आउने बताए ।
“सामान्य मर्मत गर्न सकिने उपकरण पनि बेवास्ताका कारण थन्किएका छन्, यसले नयाँ उपकरण खरिदमा अनावश्यक खर्च बढाएको छ”, प्रमुख डा शर्माले भने ।
हालै गरिएको एक अध्ययनमा झण्डै रु २४ करोड बराबरका बिग्रिएका उपकरणलाई राष्ट्रिय आविष्कार केन्द्रले रु २३ लाखमा मर्मत गरेको विवरण मन्त्रालयलाई उपलब्ध गराएको थियो । यस व्यवस्थाबाट अस्पतालमा उपयोगमा नरहेका तर अन्यत्र आवश्यक पर्ने उपकरणको पुनःवितरणसमेतमा सहजता हुने अधिकारीहरूले बताएका छन् ।
ताजा अपडेट
- जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस्”
- ध्वनि चिकित्सा पद्धतिको प्रभावकारिता
- ‘जेनजी’ प्रदर्शनका घाइतेलाई मनोपरामर्श सेवा दिने नवनियुक्त स्वास्थ्यमन्त्रीको पहिलो निर्णय
- मन्त्रिपरिषद् विस्तारः स्वास्थ्यमन्त्रीमा डा गौतम
- अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
- जेनजी आन्दोलनका घाइते भन्छन् : घाउले भन्दा बढी चहर्याउँछ चाडबाडको सम्झनाले
- यमपञ्चक, न्हूदँया भिन्तुना र छठमा स्वास्थ्य सावधानी
- मनाङमा जलवायु परिवर्तनको प्रभावः सङ्कटमा चौँरी खर्क
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- स्थानीय तहका स्वास्थ्यकर्मीको आन्दोलन फिर्ता , उचित माग सम्बोधन गर्न प्रदेश सरकार तयार


तपाईको प्रतिक्रिया