स्वास्थ्य मन्त्रीको सुदूरपश्चिम भ्रमण : शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सेती प्रादेशिक अस्पतालको अनुगमन
धनगढी । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा। सुधा शर्मा गौतम मन्त्री नियुक्तिपछि पहिलोपटक सुदूरपश्चिम प्रदेश भ्रमणमा आएकी छन् ।
शनिबार सुदूरपश्चिम आइपुगेकी मन्त्री डा. गौतमले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पतालका रूपमा रहेको गेटा अस्पताल तथा सुदूरपश्चिम प्रदेश सरकार मातहतको सेती प्रादेशिक अस्पतालको अनुगमन गरेकी छन् ।
अनुगमनका क्रममा मन्त्री डा. गौतमले शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारीसँग विश्वविद्यालय तथा अस्पतालको सेवा प्रवाह, वर्तमान अवस्था र भावी योजनाबारे जानकारी लिएकी हुन् ।

सो अवसरमा बोल्दै मन्त्री डा. गौतमले नेपालकै पहिलो स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा रहेको शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई नेपाल सरकारका विभिन्न मन्त्रालयहरूको सहकार्यमा अगाडि बढाइने बताइन् ।
विश्वविद्यालयले स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षा दुवै प्रदान गर्ने भएकाले शिक्षा तथा स्वास्थ्य मन्त्रालयको समान दायित्व रहने उनले उल्लेख गरिन् । साथै, अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन र अस्पतालको स्तरोन्नति आवश्यक रहेको पनि उनले जोड दिइन् ।

शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिल कुमार जोशीले विश्वविद्यालय सञ्चालनका लागि नेपाल सरकारका विभिन्न मन्त्रालयबीच समन्वय आवश्यक रहेको बताउँदै त्यसका लागि सहज वातावरण निर्माण गर्न आग्रह गरे ।
उनले विश्वविद्यालयमा विद्यमान भौतिक पूर्वाधारलाई प्रयोग गर्दै आगामी आर्थिक वर्षदेखि विभिन्न संकायमा विद्यार्थी भर्ना गरी शिक्षण प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, विश्वविद्यालयका रजिष्ट्रार सह–प्रा. डा. खेमराज जोशीले ३०० शैयाको अस्पताल सञ्चालनमा आएपछि मात्रै विभिन्न संकायको शिक्षण अनुमति प्राप्त हुने भएकाले अस्पताल स्तरोन्नति अपरिहार्य रहेको बताए ।
उनले गेटा अस्पताललाई विश्वविद्यालय मातहत हस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै विश्वविद्यालयलाई आवश्यक पर्ने ७ वटा संकायका पाठ्यक्रम तयार भइसकेको र आगामी आर्थिक वर्षदेखि शिक्षण प्रक्रिया सुरु गर्न चिकित्सा शिक्षा आयोगमा निवेदन पेश भइसकेको जानकारी दिए ।
यसैक्रममा स्वास्थ्य मन्त्री डा.गौतमले सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको सेती प्रादेशिक अस्पतालको समेत अनुगमन गरिन्।

अनुगमनमा विश्वविद्यालयका पदाधिकारीसहित उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रार सह–प्रा. डा. खेमराज जोशी सहभागी थिए ।
सेती प्रादेशिक अस्पतालमा मन्त्री डा. गौतमले मेडिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेय तथा विभिन्न विभागका प्रमुख चिकित्सकहरूसँग छलफल गरिन् ।
सो क्रममा उनले सेती प्रादेशिक अस्पताललाई स्तरोन्नति गरी विश्वविद्यालयको शिक्षण तथा शैक्षिक गतिविधिमा सहयोग पुग्ने गरी प्रदेश सरकार अग्रसर हुनुपर्नेमा जोड दिइन् ।

- # #उपकुलपति
- # डा सुधा शर्मा गौतम
- # रजिष्ट्रार
- # शहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय
- # स्वास्थ्य तथा जनसंख्या मन्त्री
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया