शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालमा थपिए २९ विशेषज्ञ चिकित्सक
कैलाली । सुदूरपश्चिमको स्वास्थ्य तथा चिकित्सा शिक्षा विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाइएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय काे शिक्षण अस्पतालमा विशेषज्ञ चिकित्सकको संख्या थपिएको छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि विभिन्न विभागमा विशेषज्ञ चिकित्सक नियुक्त गरेपछि अस्पतालमा विशेषज्ञ सेवा विस्तार भएको हो।
विश्वविद्यालयका अनुसार अस्पतालमा विभिन्न बिभागमा गरी २९ जना विशेषज्ञ चिकित्सक थपिएका छन्। नयाँ जनशक्ति थपिएसँगै गेटा अस्पतालबाट विभिन्न विशेषज्ञ सेवा नियमित रूपमा प्रदान गर्न थालिएको विश्वविद्यालयले जनाएको छ।
अस्पतालमा एनेस्थेसिया, डेन्टल सर्जरी, छाला तथा यौनरोग, नाक–कान–घाँटी (ईएनटी), जनरल मेडिसिन, जनरल सर्जरी, इन्टरनल मेडिसिन, स्त्री तथा प्रसूति, नेत्ररोग, हाडजोर्नी, बालरोग, मानसिक रोग तथा रेडियोलोजी लगायतका क्षेत्रमा विशेषज्ञ चिकित्सक थपिएका छन्।
विश्वविद्यालयले शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक विभाग र विशेषज्ञ जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइरहेको जनाएको छ। विशेषज्ञ चिकित्सकको उपलब्धताले अस्पतालमा उपचार सेवा विस्तार हुनुका साथै आगामी दिनमा चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक शैक्षिक तथा क्लिनिकल वातावरण निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता
- स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालका १५१ पदमा १ हजार ६ सय बढीको आवेदन
- कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालमा थपिए २९ विशेषज्ञ चिकित्सक
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया