ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु
ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ । एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधिहरु, भेन्टिलेटर सहितको व्यवस्थापन गरिएको छ ।
यो सेवाका लागि महानगरले हाल पाँच एम्बुलेन्ससँगै चिकित्सक एवं स्वास्थ्यकर्मीसहित अत्यावश्यक मेडिसिन र उपकरणहरुको व्यवस्थापन गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने “प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पु¥याउने गरि कार्यसञ्चालन प्रणालीको सुरुआत गरेका छौँ । सूचना पाएको १५ मिनेटभित्र टोली बिरामीकहाँ पुग्दछन् । सेवा प्रदान गर्दछन् । तत्काल अस्पताल लैजानु परेमा सहयोग समेत गर्दछन् । ”
प्रमुख महर्जनले सिटिनेटको सदस्यका रुपमा भ्रमणमा जाँदा फिलिपिन्सको माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिए । “कार्यविधि निर्माण गरेर यो सेवा सुरूआत गरेका छौँ, पैसा भएर, जनशक्ति भएर मात्रै यो काम सम्भव भएको हैन, सिक्ने र व्यवहारमा उतार्ने प्रयासअन्तर्गत हामीले हरेक क्षेत्रमा नयाँनयाँ काम गरिरहेका छौँ ।” महानगरप्रमुख महर्जनले भने ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सो कार्यको आज शुभारम्भ गर्दे स्वास्थ्य सेवामा ललितपुर महानगरको कार्य गौरवयोग्य रहेको बताएकी छिन् । उनले स्वास्थ्य क्षेत्रमा संसारका केही देशले मात्रै लागू गर्न सकेको सेवा ललितपुर महानगरले गर्न सक्नु अत्यन्तै खुसी र राष्ट्रिय गौरवको कुरा भएको बताएकी हुन् । “स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको यो उदाहरणीय काम संसारमा केही देशले मात्रै अवलम्बन गर्न सकेका छन्, यो सराहनीय नयाँ काम सुरु गरेकोमा बधाई भन्न चाहान्छु । नागरिकलाई कसरी सेवा दिन सकिन्छ भनेर सोच्दै गर्ने हरेक काममा सहजीकरण गर्नेछौँ ।” मन्त्री मेहताले भनिन् । उनले एम्बुलेन्स सेवा केबल एउटा सामान्य सेवा हैन भन्दै त्यसमा पनि डाक्टर, मेडिकल उपकरणसहित सेवा दिनु अत्यन्तै महत्त्वपूर्ण र कठिन कार्य भएको धारणा राखीन्।
प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ललितपुर महानगरपालिकाले सुरु गरेको यो स्वास्थ्यसम्बन्धी सेवा देशभरिकै स्थानीय सरकारमध्ये अनुकरणीय र नयाँ कार्य भएको बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा नवीसमान सिंह प्रधानले यो कार्य सुरु हुनु सकारात्मक अत्यन्तै सराहनीय भएको धारणा राख्दै भेन्टिलेटर र चिकित्सक सहितको एम्बुलेन्स नयाँ कामले अस्पताल पूर्वको निःशुल्क सेवाले महानगरवासीलाई लाभान्वित गराउने बताए ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया