जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा शुभारम्भ
दमौली (तनहुँ)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलशौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवाको शुभारम्भ गरेका छन् ।
लायन्स क्लव इन्टरनेशनल ३२५ एल नेपालसँगको सहकार्यमा केन्द्रमा सो सेवा थालनी गरिएको हो । उपचार केन्द्रमा सात वटा उपकरण जडान गरिएको छ । यसअघि तीन उपकरणबाट परीक्षणसमेत सफल भएको जनाइएको छ । सो अवसरमा मन्त्री पौडेलले स्वास्थ्य बीमाको बक्यौता रकममध्ये २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुने जानकारी दिएका छन्।
“स्वास्थ्य बीमाको कूल बक्यौता रकमको २५ प्रतिशत रकम एक हप्ताभित्र भुक्तानी हुन्छ”, मन्त्री पौडेलले भने “वैशाख महिनासम्मको यदाकदा बाहेक भुक्तानी भइसकेको छ, अब साउन महिनासम्मको भुक्तानी हुन्छ ।” मुटु उपचार सेवा विस्तार, क्यान्सर र मिर्गौला प्रत्यारोपण कार्यलाई सात वटै प्रदेशमा पु¥याउने लक्ष्यसहित अघि बढिएको उनले बताए । उनले भने, “यसै आर्थिक वर्षभित्र ती काम पूर्णता पाउने गरी काम गर्न लागिएको छ ।”
जीपी श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेवा उपलव्ध भएसँगै मिर्गौलाका बिरामीले उपचारका लागि अन्यत्र धाउनुपर्ने बाध्यताको अन्त्य हुने बताउनु भएको छ । शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामील डायलासिसका लागि चितवन, पोखरा र काठमाडौँलगायतका लामो दुरी जानुपर्ने बाध्यता रहेको थियो ।
सो अवसरमा केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले भने, “पहिलो चरणमा एक सिफ्ट सञ्चालन गर्न लागेका छौँ । त्यसमा दैनिक पाँच जनालाई सेवा दिन सक्नेछौं।” डायलासिस सञ्चालनका लागि चार जना नर्सलाई तालिम दिइसकिएको छ ।
दक्षिण एसियाकै उत्कृष्ट श्वासप्रश्वास उपचार केन्द्रको रूपमा स्थापना गर्न सरकारले पूर्वप्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा राष्ट्रियस्तरको श्वासप्रश्वास उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । सोहीअनुसार शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा ७४० रोपनी जग्गा उपचार केन्द्रको नाममा प्रदान भइसकेको छ ।
अस्पतालमा तनहुँको शुक्लागण्डकी र भीमाद नगरपालिका, म्याग्दे र रिसिङ गाउँपालिकासहित स्याङजा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउँछन् ।
अस्पतालले विशेषज्ञ चिकित्सकबाट हाडजोर्नी तथा नशारोग, जनरल सर्जरी, इन्टरनल मेडिसिन सेवा प्रदान गरिरहेको छ । त्यसबाहेक अस्पतालले केही समय अगाडिबाट कल्चर सेवा पनि सुरु गरेको छ । अस्पतालमा ओपिडी सेवा, चौबिसै घण्टा इमर्जेन्सी सेवा, ल्याव, भिडियो एक्सरे सेवा, माइनर अप्रेशनलगायतका सेवा दिइरहेको छ ।
अस्पतालले श्वासप्रश्वासको उपचार सेवा पनि सुरु गरिसकेको छ । अस्पतालमा दैनिक २५० भन्दा बिरामी उपचारका लागि आउने गरेका छन् । यसमध्ये ४०÷५० जना बिरामी श्वासप्रश्वासका रहेको अस्पतालले जनाएको छ ।
- # #जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र
- # #डायलासिस सेवा
- # #प्रदीप पौडेल
- # स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया