Techie IT
  • बुधबार, भदौ ३१, २०८३ / Wednesday, September 16, 2026
गृहपृष्ठप्रदेशधनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन

धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन


धनगढी । कैलालीको धनगढीमा सञ्चालनमा रहेका दुई निजी अस्पतालले आयकर नतिरेको पाइएको छ। आन्तरिक राजस्व कार्यालय धनगढीले सूचना जारी गर्दै मायामेट्रो अस्पताल र नोभा अस्पतालले बक्यौता आयकर नतिरेको जनाएको हो। कार्यालयका अनुसार पटक–पटक जानकारी गराउँदा समेत कर दायित्व पूरा नगरेपछि सार्वजनिक सूचना जारी गरिएको हो। राजस्व कार्यालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र बक्यौता कर रकम बुझाउन निर्देशन दिएको छ। निर्धारित समयभित्र कर नतिरे प्रचलित कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने आन्तरिक राजस्व कार्यालय धनगढीले जनाएको छ। राजस्व छली तथा कर दायित्व पूरा नगर्ने संस्थामाथि निगरानी बढाइएको कार्यालयको भनाइ छ। यस घटनाले निजी स्वास्थ्य संस्थाको आर्थिक पारदर्शिता र कर अनुशासनमाथि समेत प्रश्न उठाएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट

error: Content is protected !!