गण्डकी प्रदेशका ६७ प्रतिशत परिवार स्वास्थ्य बीमामा आबद्ध
गण्डकी । गण्डकी प्रदेशमा हालसम्म चार लाख ४४ हजार ७७६ परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । जुन प्रदेशको कुल परिवार सङ्ख्यामध्ये ६७ दशमलव ०१ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड प्रदेश कार्यालयको पछिल्लो आँकडाअनुसार गण्डकीमा १३ लाख ५६ हजार ६९८ जनाको स्वास्थ्य बीमा भएको छ ।
जनसङ्ख्याका आधारमा कुल बीमित ५५ प्रतिशत पुगेको बोर्डका प्रदेश संयोजक जीवलाल खरेलले जानकारी दिनुभयो । कुल बीमितमध्ये सेवा लिनेको सङ्ख्या सात लाख ३८ हजार २३२ अर्थात् ५४ दशमलव ०४ प्रतिशत रहेको छ । बीमा नवीकरण गर्ने परिवारको सङ्ख्या तीन लाख ३५ हजार ५०५ रहेको छ । पचहत्तर प्रतिशत परिवारले बीमा नवीकरण गरेको पाइएको छ ।
स्वास्थ्य बीमाका लागि प्रदेशभर ७२५ जना दर्ता सहयोगी सक्रिय रहेको संयोजक खरेलले बताए । बीमाको योगदान रकमबाट आर्थिक वर्ष २०८१र८२ मा ५६ करोड ७६ लाख ६८ हजार १०० सङ्कलन भएको उनको भनाइ छ ।
एक लाख ६१ हजार ९३५ जना ज्येष्ठ नागरिक, दुई हजार ३११ एचआइभी सङ्क्रमितको परिवार, अतिअशक्त अपाङ्गता भएका पाँच हजार ६३० परिवार, कुष्ठरोग सङ्क्रमितका ९० परिवार, क्षयरोग सङ्क्रमितका ५७ परिवार र चार हजार ६४२ महिला स्वास्थ्य स्वयंसेविकाका परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् ।
प्रदेशका ४७ स्थानीय तहमा स्वास्थ्य बीमासँग सूचिकृत भएका सेवा प्रदायक÷अस्पताल रहेका छन् । सरकारी ५६ वटा, निजी चार र सामुदायिक एक गरी कुल ६१ वटा सेवा प्रदायक संस्था सूचीकृत छन् । गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा आव २०८१र८२ मा सात हजार ६१ जनाको बीमा गरिएको संयोजक खरेलले बताए ।
जसमा अपाङ्गता भएकाका परिवार पाँच हजार ९४६, मिर्गौलापीडित बिरामीका परिवार ४३१, द्वन्द्वपीडित ३८२, जनआन्दोलनका घाइते २८ जना, सहिद तथा बेपत्ता परिवारका ६३ जना र कास्कीमा क्रियाशील २११ जना पत्रकारको स्वास्थ्य बीमा गरिएको हो ।
सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत २०७३ साल असारमा गण्डकीमा पहिलोपटक बागलुङबाट स्वास्थ्य बीमा सुरु भएको थियो । अहिले प्रदेशका ११ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । स्वास्थ्य बीमा बोर्डले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशभित्र ६१ वटा अस्पताल तोकेको छ ।
ताजा अपडेट
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया