दोधारा चाँदनी । बेलडाँडी गाउँपालिका–२ का १० वर्षीय रितेश उपाध्याय कखरा जान्ने भएका छन् ।
घरको आँगनबाट बाहिर आउन नसक्ने उनले पहिलो पटक घरमै अक्षर चिन्ने मौका पाए । जन्मजात हिँड्न र बोल्न नसक्ने रितेशलाई सात महिनादेखि घरमै पुगेर स्थानीय शिक्षिका लक्ष्मी औजीले दैनिक चार घण्टा पढाउछिन्। “सुरुमा मान्छे देख्ने बित्तिकै भाग्थ्यो अहिले मान्छे आए भने नमस्ते गर्छ, पढ्न र बोल्न सक्ने भएको छ”, उनले भनिन् ।
रितेश खेल्न रुचाउने भएकाले खेलका माध्यमबाट सिकाउँदै आएको बताउँदै पढाइ सँगसँगै समय समयमा उनको थेरापी समेत गर्दै आएको जानकारी दिईन् ।
घरको आँगन कट्न नसक्ने लालझाँडी गाउँपालिका– ३ वल्मीका मयन्क राना अहिले घर नजिकैको पूर्णिमा आधारभुत विद्यालयमा भर्ना भएका छन् । उनलाई सात महिना घरमै अध्ययन गराएपछि विद्यालयमा भर्ना गरिएको हो । एक वर्षअघिसम्म उनका आमाबुबाले आफ्नो छोरा पनि पढ्न सक्ने र विद्यालय जान सक्ने कल्पना गरेका थिएनन। जब घरमै छोरालाई पढाउन थालियो त्यसपछि उनको आत्मबल बढेको छ ।
दातृ निकायले शारीरिक अपाङ्गताको परीक्षणपश्चात् आवश्यक सहायता सामाग्री समेत प्रदान गरेपछि घरको कोठामा थुनिएका मयन्क विद्यालयको कोठामा पुगेका छन । “मैले त छोरा यसरी विद्यालयमा भर्ना होला भन्ने कल्पना गरेकी थिएन ।” मयन्ककी आमा श्रीमतु रानाले भनिन्–“अहिले छोरा अलिअलि हिँड्छ, विद्यालयमा भर्ना भएको छ”, उनले छोराको खुट्टाको समस्याका कारण घरको कोठाका थुनिनु परेको जानकारी दिँदै भनिन् ।
लालझाडी गाउँपालिकाकै ६ वर्षीय एलेक्स रानालाई पनि सात महिनादेखि घरमै शिक्षकले पढाउँदै आएका छन् । “घरको आँगन टेक्न नसक्ने एलेक्स अक्षर चिन्न थालेको छ ।” शिक्षिका ललिता साहुले भनिन्, “सात महिना त उसको घरमै गएर पढाएँ अहिले कहिले विद्यालय त कहिले घरमै गएर पढाउँदै आएकी छु ।”
लालझाँडी गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रसाद उपाध्यायले हाल विद्यालयमा अपाङ्गता भएका विद्यार्थी लक्षित कक्षाकोठा व्यवस्थापन गरेर पठनपाठन भइरहेको जानकारी दिए । उनले विद्यालयमा अपाङ्गता भएका विद्यार्थी लक्ष्यित जनशक्ति र सिकाइ सामग्रीको अभाव भएको बताए ।
जिल्लाको बेलडाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा अपाङ्गता भएका नौ जना बालबालिकालाई घरमै शिक्षिका पठाएर पढाउने व्यवस्था मिलाइएको छ । युरोपेली सङ्घको आर्थिक सहयोग र सेभ द चिल्ड्रेनसँगको साझेदारीमा नेपाल राष्ट्रिय समाज कल्याण सङ्घले समावेशी तथा गुणस्तरीय शिक्षा परियोजनाअन्तर्गत अपाङ्गता भएका विद्यालय जान नसक्ने बालबालिकाको शिक्षामा पहुँचका लागि घरमै विद्यालय अवधारणाअन्तर्गत दैनिक चार घण्टा पढाउने व्यवस्था मिलाएको हो ।
परियोजनाका प्रबन्धक विशन देव जोशीले गुणस्तरीय शिक्षामा समावेशी पहुँचलाई प्रोत्साहन गर्ने उद्देश्यले सुदूरपश्चिम र कर्णाली प्रदेशका छ वटा पालिकामा यो कार्यक्रम लागू भएको जानकारी दिए ।
सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन, २०७४ र अपाङ्गता भएका व्यक्तिहरुका लागि समावेशी शिक्षा नीति, २०७३ मार्फत समावेशी शिक्षालाई प्रोत्साहन गरेको उनले बताए ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया