आठ स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम
काठमाडौं। जलन उपचार सेवालाई विस्तार तथा गुणस्तरीय बनाउन आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई विशिष्टीकृत जलन उपचार तालिम प्रदान गरिएको छ। नेपाल सरकारको १०० कार्यदिने प्राथमिकतामा रहेको जलन उपचार सेवाको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको पहलमा राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले कीर्तिपुर अस्पतालमा सञ्चालन गरेको ३० कार्यदिन अवधिको तालिमको पहिलो पाइलटिङ ब्याच सम्पन्न भएको हो।
तालिम २०८३ असोज ७ देखि ३० गतेसम्म पहिलो चरण र कात्तिक ९ देखि १८ गतेसम्म दोस्रो चरण गरी दुई चरणमा सञ्चालन गरिएको थियो। विषयविज्ञ डा. शंकरमान राईको नेतृत्वमा सम्पन्न तालिममा नारायणी अस्पताल, वीरगञ्ज र प्रदेश अस्पताल, कर्णाली प्रदेश, सुर्खेतका चार/चार जना गरी आठ जना चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागी थिए।
कात्तिक १८ गते राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक प्रकाशप्रसाद शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै तालिमको समापन गरिएको थियो। कार्यक्रममा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक कृष्णप्रसाद पौडेल, उपचारात्मक सेवा महाशाखाका निर्देशक पवनजंग रायमाझीलगायत मन्त्रालयका प्रतिनिधि, जलन उपचार क्षेत्रका सरोकारवाला तथा विषयविज्ञहरूको उपस्थिति थियो।
नेपाल सरकारको जलन उपचारसम्बन्धी मानक उपचार कार्यविधिअनुसार लेभल ३ को जलन उपचार सेवा सञ्चालनका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा तालिमले सहयोग पुर्याउने अपेक्षा गरिएको छ। तालिमबाट प्राप्त ज्ञान र सीपलाई सम्बन्धित अस्पतालमा प्रयोग गरी जलन उपचार वार्ड स्थापना तथा सेवा विस्तार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
ताजा अपडेट
- स्वास्थ्य कार्यक्रमको कार्यसम्पादनमा कैलाली पहिलो, बझाङ दोस्रो
- स्वास्थ्य सेवा प्रवाहमा जिल्ला अस्पताल डोटी प्रदेशकै उत्कृष्ट
- सुदूरपश्चिममा स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय वार्षिक समीक्षा गोष्ठी सुरु
- डडेल्धुरा अस्पतालमा बिशेषज्ञ चिकित्सक सहित ५६ जना कर्मचारी माग
- एन्टिमाइक्रोबियल रेसिस्टेन्स नियन्त्रणका लागि सबै क्षेत्रबीच सहकार्य आवश्यक : मन्त्री मेहता
- स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड
- चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन
- स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउनुपर्छ : मुख्यमन्त्री भट्ट
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया