गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री पौडेल
नेपालगञ्ज । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहज, सरल र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्
उनले सिकलसेल र थालेसिमियाका बिरामीलाई सङ्क्रमक रोगबाट जोगाउन भारत सरकारबाट प्राप्त खोप आज नेपालगञ्जस्थित भेरी अस्पताललाई हस्तान्तरण गर्दै पछिल्लो समयमा नेपालका सबैजसो सरकारी अस्पतालको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार भइरहेको बताए ।
मन्त्री पौडेलले भने “अस्पताललाई अझै बढी सुधार गरेर लैजानुपर्ने आवश्यक्ता छ ।” भेरी अस्पतालबाट मुटु, मिर्गौला प्रत्यारोपण र जलनको उपचारका लागि स्थायी दरबन्दी स्वीकृत गरेर व्यवस्थित गराउन खोजिएको जानकारी दिँदै उनले भेरी विशिष्टकृत अस्पतालका रूपमा विकास हुन थालेकामा खुसी व्यक्त गरे ।
सरकारी अस्पतालका बारेमा विभिन्न प्रकारका नकारात्मक टिप्पणी सुनिने गरिएको बताउँदै मन्त्री पौडेलले त्यस्ता टिप्पणीरहित सेवा प्रदान गर्न सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीलाई निर्देशन दिए । उनले सरकारले अस्पतालका भौतिक पूर्वाधार र जनशक्ति बढाउने विषयलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै सीमित बजेट र साधनस्रोतका कारण चाहेर पनि धेरै काम गर्न सक्ने अवस्था नरहेको बताए।
उनले स्वास्थ्य बिमालाई व्यवस्थित गरेर सबैलाई निःशुल्क तथा गुणस्तरीय स्वास्थ्य उपचार प्रदान गर्नेतर्फ सरकार गम्भीर भएकामा जोड दिँदै त्यसमा सरोकार भएका र स्वास्थ्यसम्बन्धी निकायको पनि सहयोग आवश्यक पर्ने आवश्यकता औँल्याए ।
मन्त्री पौडेलले भेरी अस्पतालमा सिकलसेलको छुट्टै उपचार कक्ष सञ्चालन गरिएपछि सहज भएको बताउँदै सो रोगबाट जोगाउन समुदायमा जनचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटाले मन्त्रालयले आफ्नो क्षमता अनुसार अस्पतालका माग र आवश्यकता पूरा गर्ने हरसम्भव प्रयास गरिरहेको बताए । अस्पतालका मेडिकल सुपरिटेण्टेण्ट डा निराजन सुवेदीले पछिल्लो चार महिनामा अस्पतालमा भएका सुधार र उपलब्धिका बारेमा जानकारी दिए ।
मन्त्री पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा देवकोटोले भारतबाट प्राप्त भएको खोपलाई संयुक्त रूपमा भेरी अस्पतालका प्रमुख डा निराजन सुवेदी र सिकलसेल एनिमिया सोसाइटी नेपालका महासचिव राजमोहन चौधरीलाई हस्तान्तरण गरेका थिए।
मन्त्री पौडेलले भेरी अस्पतालमा सञ्चालनमा ल्याइएको जलन उपचार कक्ष र ‘सर्जिकलविङ्ग’को पनि उद्घाटन गरे । साथै उनले अस्पतालका विभिन्न विभाग र कक्षमा पुगेर निरीक्षण गर्नुका साथै बिरामीलाई भेटेर उपचारको अवस्थाबारे जानकारी लिनुएका थिए ।
भेरी अस्पतालको नयाँ भवनमा सञ्चालनमा आएको छ शय्याको जलन उपचार कक्ष र १४ शय्याको सर्जिकलविङ्गबाट यस क्षेत्रका अग्निपीडित बिरामीको उपचारमा सघाउ पुग्ने अस्पताल विकास समितिले विश्वास लिएको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया