चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन
काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणको विरोधमा चिकित्सकहरुले माइतिघरमा विरोध प्रदर्शन गरेका छन ।

नेपाल चिकित्सक संघको अगुवाईमा भएको प्रदर्शनमा चिकित्सकहरुले शान्ति सुरक्षाको माग गर्दै प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन । उनीहरु वीरगन्ज घटनामा चिकित्सक र स्वास्थ्यकर्मीमाथि हातपात गर्ने र घटनामा संलग्न दोषीलाई कानुनबमोजिम तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
नेपाल चिकित्सक संघका महासचिव ड. विश्वराज दवाडीले सरकारले चिकित्सकहरुको सुरक्षालाई बेवास्ता गरेकाले बाध्य भएर सडकमा आउनु परेको बताए ।
वीर अस्पतालका वरिष्ठ न्युरो सर्जन डा.राजीव झाले सरकारले चिकित्सकलाई अस्पतालमा भयरहित वातावरणमा काम गर्ने वातावरण नबनाएसम्म अवस्था साम्य नहुने बताए । जुनै सरकारले पनि चिकित्सकको सुरक्षालाई ध्यान दिन नसकेको र अहिलेको सरकार पनि पहिलेका सरकार भन्दा भिन्न नरहेको उनले बताए ।

चिकित्सक संघले नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमण अत्यन्त दुःखद र निन्दनीय भएको जनाएको छ ।
वार्ताका क्रममा प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा प्रहरी परिचालन गरी संघका केन्द्रीय कार्यसमिति सदस्य तथा नारायणी शाखाका अध्यक्षसहित चिकित्सकमाथि गरिएको दुव्र्यवहार प्रति पनि गम्भीर आपत्ति जनाएको छ ।
संघका अनुसार घटनामा गम्भीर चोट लागेका चिकित्सक डा. प्रमोद रामसहित अन्य चिकित्सक र स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण गर्ने व्यक्तिहरूलाई अविलम्ब पक्राउ गरी ’स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९)’ बमोजिम कडा कारबाही गर्नुपर्ने माग गरिएको छ । साथै चिकित्सकको मानमर्दन गर्ने कार्यमा संलग्न भएको भन्दै सम्बन्धित प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखमाथिसमेत आवश्यक कारबाही गर्न सरकारसँग आग्रह गरेको छ ।

नेपाल चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने यस्ता घटनाको विरोधस्वरूप साउन १३ गते मंगलबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको थियो । उक्त सेवा आज बुधबार पनि बन्द छ ।
संघले आन्दोलनका क्रममा बिरामीलाई पर्न जाने असुविधाप्रति क्षमा याचना गर्दै त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उल्लेख गरेको छ ।

ताजा अपडेट
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया