अनुमतिबिना सञ्चालित स्वास्थ्य संस्था बन्द गर्न आग्रह
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको तत्काल पहिचान गरी बन्द गर्न तथा कानुनबमोजिम कारबाही अघि बढाउन तीन तहकै सरकारलाई आग्रह गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका निमित्त रजिस्ट्रार डा.दिपेन्द्र पाण्डेले खाद्य स्वच्छता मन्त्रालय, सबै प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय, स्थानीय तहलगायत निकायलाई पत्राचार गर्दै देशभरका धेरै स्वास्थ्य संस्था कानुनबमोजिम सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेको पाइएकोले यस्तो आग्रह गरेका छन् ।
गुनासो अनुसार नै धेरै स्वास्थ्य संस्था दर्ता विना नै सञ्चालित भएको, मापदण्ड पुरा नगरेको पाइएकोले तीन तहका सरकारी निकायलाई पत्राचार गरेका पाण्डेको भनाइ छ ।
काउन्सिलका अनुसार सञ्चालन अनुमति प्राप्त गरेका केही स्वास्थ्य संस्थामा समेत तोकिएको न्यूनतम भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा योग्य र दक्ष जनशक्तिको अभाव देखिएको छ ।
स्वास्थ्य संस्था स्थापना र सञ्चालनको अनुगमन गर्ने अधिकारक्षेत्र भएका निकायलाई आफ्नो कार्यक्षेत्रभित्र सक्रिय अनुगमन गर्न काउन्सिलले अनुरोध गरेको छ ।
दर्ता वा सञ्चालन अनुमति नलिई सञ्चालित स्वास्थ्य संस्थालाई तत्काल बन्द गर्न वा नियमानुसार कारबाही गर्न पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, सञ्चालन अनुमति प्राप्त भए पनि तोकिएको न्यूनतम मापदण्ड पूरा नगरेका संस्थालाई सुधारका लागि निर्देशन दिन र सुधार नभए नियमानुसार कारबाही गर्न आग्रह काउन्सिलले गरेको छ ।
नागरिकको स्वास्थ्य अधिकार, बिरामीको सुरक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह सुनिश्चित गर्न आवश्यक समन्वय र प्राविधिक सहकार्य गर्न काउन्सिल प्रतिबद्ध रहेको जनाएको छ ।

ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया