आँखा स्वास्थ्य सेवालाई अझ विस्तार गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले प्रगति गरको बताएका छन् ।
विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठन इन्टनेसनल एजेन्सी फर ‘द प्रिभेन्सन अफ ब्लाइन्डनेस ’ (आइएपिबी)द्वारा नेपालमा पहिलो पटक आयोजित सो ‘ इन साइट अफ लाइभ २०३०’ नामक अन्तरराष्ट्रिय सम्मेलनलाई आज (बुधबार) सम्बोधन गर्दे उनले विश्वव्यापी आँखा स्वास्थ्य सेवाको लक्ष्य प्राप्त गर्न तर्फ काम गरिरहेको बताए ।
मन्त्री पौडेलले आँखा नेपालमा आँखा उपचार नवीन उपचार पद्धति रहेको समेत बताए । उनले सहरीकरण, बुढ्यौली र जीवनशैली परिवर्तनले आँखा स्वास्थ्य सेवाको माग बढाइरहेको बताए । उनले दक्षिण–पूर्वी एसियामा अन्धोपन अझै पनि उच्च रहेको जनाउँदै सम्मेलनले आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति गर्नुपर्ने आवश्यकता औल्याए । मन्त्री पौडेलले भने,“ आँखा सेवा पहुँच सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिता दिएको छ । ”
उनले नेपालले आँखा उपचारलाई अझ सुधार गर्नका लागि राष्ट्रिय स्वास्थ्य प्रणालीमा एकीकृत गर्ने तथा विद्यालय, कार्यस्थल र समुदायमा बलियो साझेदारी निर्माण गर्ने जानकारी दिए । नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्यको पहुँच पु¥याउन सङ्घले अनवरत प्रयास गरिरहेको जानकारी दिए ।
सम्मेलनमा विश्वभरका अन्धोपन निवारण तथा आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत आइएपिबीका सदस्य संस्थाका प्रतिनिधि सहभागिता रहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तरराष्ट्रिय परोपकारी संस्था, आँखा अस्पताल, शैक्षिक संस्थान, व्यावसायिक सङ्घ र कर्पोरेट संस्था मुख्यतया आइएपिबिका सदस्य रहन्छन् । नेपाल नेत्रज्योति सङ्घ, नेपाल आँखा अस्पताल, तिलगङ्गा आँखा प्रतिष्ठान र बिपी आई फाउण्डेशन आइएपिबीका सदस्य छन् ।
विश्वभरिका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ संस्थाको छाता सङ्गठनका रुपमा रहेको आईएपिबीले अन्तरारष्ट्रियरुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आइरहेको छ । आँखा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी रुपमा सहकार्यलाई प्रवद्र्धन गर्ने, नेतृत्वलाई प्रेरित गर्ने र वकालतलाई सशक्त बनाउने हेतुले हरेक वर्ष विभिन्न देशमा विभिन्न अन्तरराष्ट्रिय सम्मेलनको आयोजना गर्ने गर्दछ ।
सन् २०२४ को आइएपिबी सम्मेलन मेक्सिकोमा आयोजना गरिएको थियो । आईएपिबीको दक्षिण पूर्वी एसियाका प्रमुख युद्धध्वज सापकोटाका अनुसार सम्मेलनमा करिब १०० राष्ट्रका ५०० जनाले सहभागिता रहेको जनाइएको छ । सम्मेलनमा सहभागी देशका बीचमा आँखा उपचार सेवाका अनुभव , चुनौतीका विषयमा अनुभव आदान प्रदान एवम् आँखा रोग विशेषज्ञद्वारा विशेष विशेष प्रवचन समेत दिनुहुने छ ।
नेपाल नेत्रज्योति सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्रका अनुसार उक्त सम्मेलनमा विशेषगरी सन् २०३० सम्ममा विश्वमा आँखा स्वास्थ्यका क्षेत्रका लागि आवश्यक रणनीति तथा योजनाका विषयमा छलफल हुनेछ ।
सङ्घका महासचिव भरतबहादुर चन्दले सम्मेलनले नेपालको आँखा उपचार सेवालाई विश्वव्यापीकरण गर्नुका साथै देशको पर्यटन विकासमा समेत महत्वपूर्ण टेवा पु¥याउने बताए । उनले भने, “‘इन साइट अफ लाइभ २०३०’ नेपालमा आयोजना हुनु हामी सबैका लागि गर्वको विषय हो, यसले हाम्रो देशको आँखा उपचार सेवालाई विश्व समुदायसम्म पु¥याउन मद्दत गर्नुका साथै नेपालको पर्यटन विकासमा समेत महत्वपुर्ण हुनेछ । ” सङ्घअन्तर्गत हाल देशभरमा २८ आँखा अस्पताल, एक सय ६० आँखा उपचार केन्द्र तथा ४५ जिल्ला शाखा सञ्चालनमा छन् ।
स्थापनादेखि हालसम्म सङ्घले नेपाली नागरिक तथा अन्य देशका गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार गरिसकेको छ । एकाउन्न लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया गरिसकेको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया