स्वास्थ्यमन्त्री मेहताद्वारा सरसफाइ सप्ताह अभियानको शुभारम्भ
काठमाडौँ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले आज बिहान वीर अस्पतालमा पुगी सप्ताहको शुभारम्भ गरीन् । उनले आफैँले कुचोले फोहर सफाइ गर्दै अभियानको शुभारम्भ गरेकी हुन् । मन्त्री मेहताले सफाइ अभियान मुलुकभरका सरकारी अस्पताल र सरकारी कार्यालयमा सञ्चालन गरिने बताईन्।
उनले भनिन्, “अस्पतालमा पहिलेको तुलनामा धेरै सुधार भएको छ, बिरामीको उपचारमा विशेष ध्यान दिएका छौँ । अस्पतालमा ‘डिजिटल’ प्रणालीमार्फत सेवा प्रवाहको व्यवस्था मिलाएका छौँ ।”
मन्त्री मेहताले स्वास्थ्य बिमा कार्यक्रमलाई थप सहज बनाउनका लागि छलफल भइरहेको समेत उल्लेख गरीन् । उनका अनुसार आज एकै समयमा मुलुकभरका सबै अस्पतालमा सरसफाइ अभियान सुरु गरिएको छ ।
त्यस अवसरमा प्रतिनिधिसभा सदस्य केपी खनालले अस्पतालमा बाहिर प्लाष्टिकको फोहोर भेटिएको विषयमा सम्बन्धित निकायलाई जानकारी गराउँदै आगामी दिनमा अस्पतालले प्रशासनले सफाइमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, वीर अस्पतालका निमित्त निर्देशक प्रा डा प्रभा कोइरालालगायतको सहभागिता थियो ।
सरकारले आजदेखि सङ्घ, प्रदेश र स्थानीय तहअन्तर्गतका सबै सरकारी कार्यालयमा सरसफाइ सप्ताह सुरु गरेको हो । अभियान आगामी जेठ १ गतेसम्म सञ्चालन गरिनेछ । अभियान सञ्चालन गर्नका लागि सरकारले सरसफाइ सप्ताह सञ्चालनसम्बन्धी मार्गनिर्देशन, २०८३ समेत जारी गरेको छ ।
सरकारले सबै सरकारी निकाय तथा शैक्षिक संस्थामा स्वच्छ, स्वस्थ र व्यवस्थित वातावरण कायम गर्र्न, सरसफाइसम्बन्धी आचारण विकास गर्नका लागि सरसफाइ अभियान सुरु गरेको हो ।



ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया