अनावश्यक ‘रिफर’ नगर्न बिमा बोर्डको आग्रह
काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले बिरामीलाई अनावश्यक प्रेषण (रिफर) नगर्न आग्रह गरेको छ । स्वास्थ्य बिमामा आबद्ध सबै स्वास्थ्य संस्थालाई निर्देशन दिँदै बोर्डले अनावश्यक रिफर नगर्न आग्रह गरेको हो ।
बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण पौडेलले सेवाप्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै आफ्नो अस्पतालमा उपलब्ध सेवा नजरअन्दाज गरी बिरामीलाई अनावश्यक रिफर नगर्न निर्देशन दिएको जानकारी दिए । उनले अस्पतालमा सेवा उपलब्ध हुँदाहुँदै पनि बिरामीलाई अनावश्यक रूपमा अन्य स्वास्थ्य संस्थामा रिफर गर्ने गरेको पाइएकाले यस्तो निर्देशन दिएको बताए ।
आफ्नो स्वास्थ्य संस्थामा सेवा हुँदाहुँदै अन्यत्र रिफर गर्नु स्वास्थ्य बिमा ऐन, २०७४, स्वास्थ्य बिमा नियमावली, २०७५ तथा प्रेषण कार्यविधि, २०८० विपरीत रहेको भन्दै यस्तो कार्य नगर्न सम्बन्धित स्वास्थ्य संस्थालाई आग्रह गरेको हो ।
सेवा उपलब्ध गराउन नसक्ने भएमा मात्र प्रेषण पुर्जी भरी त्यस्तो सेवा सुनिश्चित हुने गरी नजिकको स्वास्थ्य संस्थामा रिफर गर्न बोर्डको निर्देशन छ ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया