स्वास्थ्य बिमा कार्यक्रममा सुधार आवश्यक : स्वास्थ्यमन्त्री गौतम
गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा कार्यक्रममा सुधारको खाँचो रहेको औँल्याउनुभएको छ ।
सोमबार पोखरामा आयोजित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दशौँ स्थापना दिवस समारोहमा उनले स्वास्थ्य बिमा कार्यक्रमको खर्च राज्यले धान्न नसक्ने अवस्थामा पुगेको बताईन् ।
“स्वास्थ्य बिमा कार्यक्रमका लागि यस वर्ष सरकारले रु ११ अर्ब विनियोजन गरेको थियो, त्यो बजेट सकिएर अर्को ११ अर्ब खर्च भइसकेको छ”, मन्त्री गौतमले भनिन्, “स्वास्थ्य बिमामा भइरहेको दुरुपयोग नरोक्ने हो र खर्चमा मितव्ययिता नअपनाउने हो भने अब राज्यको क्षमताले यसलाई भ्याउँदैन ।”
स्वास्थ्य बिमा गरेका आधारमा अनावश्यक जाँच तथा स्वास्थ्य सेवा उपभोग गर्ने प्रवृत्तिले चुनौती थपिएको उनको भनाइ छ । “स्वास्थ्य बिमा हुनेखाने र निरोगीले पनि बिमा कोषमा रकम जम्मा गर्ने र विपन्न अवस्थाका बिरामीलाई उपचार सेवा दिने उद्देश्यले सञ्चालन गरिएको योगदानमा आधारित कार्यक्रम हो”, मन्त्री गौतमले भनिन्, “तर धेरैजसो बिरामीले नै बिमा गर्ने, चाहिनेभन्दा बढी सेवा लिने, चिकित्सकले पनि अनावश्यक जाँचहरु लेख्दा समस्या भइरहेको छ ।”
अस्पतालको फार्मेसी र बिमाबाट दिइने औषधिको मूल्यमा एकरुपता हुनुपर्ने र शय्या निःशुल्क रहेका अस्पतालले बिमाबाट भुक्तानी गर्न नहुने उनले बताईन् । मन्त्री गौतमले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पूर्वाधार र जनशक्ति व्यवस्थापनमा मन्त्रालयले सक्दो पहल गर्ने बताईन् ।
समारोहमा मन्त्री गौतमले प्रतिष्ठानको स्मारिकासमेत विमोचन गरेकी थिईन् । उक्त अवसरमा प्रतिष्ठानमा दीर्घ सेवा गरेका कर्मचारी, प्राविधिक, चिकित्सकलगायतलाई सम्मान गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा भरतबहादुर खत्रीले जानकारी दिए ।
ताजा अपडेट
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया