एचपिभी खोप : नियमित खोप कार्यक्रममा राखेर सञ्चालन हुदै
काठमाडौँ । पाठेघरको मुखको क्यान्सरविरुद्ध लगाउने एचपिभी खोप सरकारले नियमित रूपमा सञ्चालन गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एचपिभी भ्याक्सिनलाई राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत राखेर सञ्चालन गर्न लागेको हो ।
बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले एचपिभी भाइरसविरुद्धको खोप माघको अन्तिम साताबाट राष्ट्रिय खोप कार्यक्रममार्फत सञ्चालन गर्न लागेको जानकारी दिए ।
उनका अनुसार विद्यालय तहमा कक्षा ६ मा अध्ययनरत सबै बालिका र १० वर्षका करिब साढे तीन लाख किशोरीलाई लक्षित गरेर एचपिभी खोप सञ्चालन गरिने छ ।
पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभीविरुद्धको खोप एक मात्रा लगाएर पुग्ने जानकारी दिँदै डा। गौतमले खोप सुरक्षित र जीवनरक्षा गर्ने भएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।
यसअघि सरकारले एचपिभीविरुद्धको खोप अभियान सुरु गरेर देशभरका नौ वर्षदेखि १४ वर्ष उमेर समूहका १७ लाख किशोरीलाई यो खोप लगाइसकेको छ । डा. गौतमले सरकारले माघबाट खोप अभियान सञ्चालन गर्नका लागि विद्यालय र विद्यालयबाहिर खोप केन्द्र तय गरेको जानकारी दिए ।
एचपिभी खोप विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरिसकेको र राष्ट्रिय खोप सल्लाहकार समितिको सुझावपछि मात्र नेपालमा लगाउन सुरु गरिएको जानकारी गराउँदै उनले एचपिभीविरुद्धको खोपलाई लिएर थुप्रै भ्रम सिर्जना भए पनि खोप सुरक्षित र पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी भएकाले ढुक्क भएर लगाउन आग्रह गरे ।
सरकारले २०३४ सालदेखि खोप अभियान सुरु गर्दै आएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका डा. पवन उपाध्यायले खोप अभियान सञ्चालन गरेको ५० वर्षमा विश्वमा खोपले १५ करोड ४० लाखको जीवन बचाएको अध्ययनले देखाएको बताए । उनले खोप कार्यक्रम सञ्चालन गर्न सुरु गरेदेखि बाल मृत्युदर घट्दै गएको जानकारी दिए ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया