स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले स्वास्थ्य क्षेत्रको समग्र सुधार र जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताएकी छिन् ।
देशकै पहिलो छात्रा स्कुल ‘कन्या मन्दिर मावि’को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री डा शर्माले शिक्षाबाट महिला वञ्चित भए घरपरिवार, समाज र देश नै पछि पर्ने भएकाले महिला शिक्षामा जोड दिएकी हुन् ।
मुलुकमा कूल जनसङ्ख्याको आधा हिस्साभन्दा बढी महिला रहेको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, “सहरबजारकै बासिन्दासमेत निरक्षर रहेको राणाकालीन समयमा खुलेको कन्या मन्दिर माविले महिलालाई साक्षर र सक्षम बनाउन अतुलनीय भूमिका निर्वाह गरेको छ । विसं २००३ मा स्थापना भई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट उत्पादित विद्यार्थीमध्ये धेरै जना दक्ष चिकित्सक, इञ्जिनीयर, उच्च ओहोदाका राष्ट्रसेवका कर्मचारी, प्राध्यापक, उद्यमी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सफल भएका छन् । आफू पनि यसै विद्यालयको विद्यार्थी हुनुका नाताले कन्या मन्दिर माविप्रति सदैव गर्व गर्दछु । राम्रोसँग पढी देश र जनताप्रति समर्पित हुन सबै विद्यार्थीसँग अनुरोध गर्दछु ।”
सो अवसरमा मन्त्री डा शर्माले कक्षा ११ र १२ मा विज्ञान विषय लिइ अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित रु पाँच लाख प्रदान गरीन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आवश्यक स्रोतसाधनको व्यवस्थासहित शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउँदै गुणस्तरीय शिक्षाका पक्षमा खटिएर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताईन् ।
विद्यालयका प्रधानाध्यापक घनश्याम न्यौपानेले उत्कृष्ट नतिजासहित प्रवेशिका परीक्षामा निरन्तर बोर्डमा आउन सफल विद्यालयको शैक्षिक गुणस्तर क्रमशः खस्कन थालेकामा सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका अवस्थामा विद्यालय व्यवस्थापन समिति, आमअभिभावक, शिक्षक तथा कर्मचारीको सहयोगमा शतप्रतिशत नतिजासहित देशकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सफल भएको बताए ।
काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीमा रहेको सो विद्यालयमा हाल एक हजार २०० छात्राले अध्ययन गरिरहेको र गत एसइईको परीक्षामा एक विद्यार्थीले चार जिपिएसहित सबै उत्तीर्ण भएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।
सो विद्यालयको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारी र एसइईलगायत परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
ताजा अपडेट
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
- कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया