धनगढीका निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु आन्दोलित (फोटोफिचर)
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका सँगै गोदावरी नगरपालिकाको अत्तरीया संचालित निजी क्षेत्रका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु बिगत २ दिन देखि आन्दोलनमा उत्रिएका छन् ।

अस्पताल सञ्चालकहरूले न्यूनतम पारिश्रमिक समेत नदिएर श्रम शोषण गरिरहेको भन्दै स्वास्थ्यकर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
न्यूनतम पारिश्रमिकको माग गर्दै अस्पतालमा कार्यरत नर्सिङ कर्मचारी ,सामान्य चिकित्सा , फार्मेसी सँगै प्रयोगशाला बिभागमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा छन् ।
आन्दोलनरत स्वास्थ्यकर्मीहरुले न्यायोचित मागको समर्थन सँगै कार्यान्वयनको लागि सामाजिक बिकास मन्त्री सँगै प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापन पत्र बुझाएका छन् ।

स्वास्थ्य मन्त्रालयले २०८१ मंसिर २७ गते नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको सुविधा सम्बन्धमा पाँच बुँदे पत्राचार गरेको छ। तर निजी अस्पतालहरूले कुनै पनि बुँदा कार्यान्वयन नगरेको आन्दोलित स्वास्थ्यकर्मीहरूको भनाइ छ।
स्वास्थ्य मन्त्रालयले न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार नघट्ने गरी लागु गर्न, तोकिएको समयभन्दा बढी समय काममा लगाएर अतिरिक्त भत्ताको व्यवस्था गर्न र कर्मचारीसँग करार सम्झौता गरेर मात्रै काममा लगाउन निर्देशन दिएको छ।

यस्तै, शैक्षिक प्रमाणपत्र कार्यालयमा नराख्न, काम छोडेर जाँदा अनुभवको पत्र दिन र तलब बैङ्किङ प्रणाली मार्फत उपलब्ध गराउन निर्देशन दिएको छ।
तर निजी अस्पतालहरूले यी निर्देशनको पालना नगरेको स्वास्थ्यकर्मीहरूले बताएका छन्। जसका कारण आन्दोलनमा उत्रनु परेको उनीहरूले बताएका छन् ।

ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया