स्वास्थ्य मन्त्रालयको निर्देशन : स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक, भत्ता उपलब्ध गराउनू
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई चिकित्सक, नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा पाँच बुँदे निर्देशन दिएको छ ।
मन्त्रालयले परिपत्रमार्फत यसअघि २०८१ मङ्सिर २७ गते भएको निर्णय कार्यान्वयन नभएको भन्दै तत्काल लागू गर्न र त्यसको प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।
गुणस्तर मापन तथा नियमन महाशाखाले जारी गरेको पत्रमा सम्पूर्ण प्रतिष्ठान, सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक र निजी अस्पतालहरूलाई सम्बोधन गरिएको छ ।
निर्णय कार्यान्वयन नभएको भए तुरुन्त कार्यान्वयन गराउन र त्यसको प्रगति विवरण मन्त्रालयमा पेस गर्न भनिएको छ ।
न्यूनतम पारिश्रमिक र सेवा सुविधा
स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीहरूका लागि न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकारले तोकेभन्दा कम नहुने गरी लागू गर्न समेत निर्देशन दिइएको छ ।
यस्तै तोकिएको समयभन्दा बढी काम गर्ने स्वास्थ्यकर्मीहरूलाई अतिरिक्त भत्ताको व्यवस्था गर्न निर्देशन दिएको छ ।
कार्य अवधि समाप्त भएपछि वा कर्मचारीले माग गरेमा अनुभवको पत्र प्रदान गर्न र स्वास्थ्य मन्त्रालयले नर्सिङ लगायत अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैंकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन निर्देशन दिएको छ ।
ताजा अपडेट
- शिक्षण अस्पतालको निमित्त निर्देशक बनेका डा. चिरञ्जीवी पन्त को हुन् ?
- कैलालीका तीन स्थानीय तहका १ लाख ८२ हजारभन्दा बढीलाई जेईविरुद्ध खोप लगाइँदै
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको निमित्त निर्देशकमा डा. पन्त
- सेती प्रादेशिक अस्पतालमा विस्तारित अस्पताल सेवा पुनः सञ्चालन
- बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली जाँदै
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो १५१ स्वास्थ्यकर्मी !
- जर्मन सरकारले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था पुनर्निर्माणमा सहयोग गर्ने
- बाढी प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्यको अनुगमन गर्न समिति गठन
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया