वीर अस्पतालको सेवा सुधार्न सके स्वास्थ्य क्षेत्रको सुधार हुन्छः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पताल सुधार भए समग्र स्वास्थ्य सेवा क्षेत्रको सुधार गर्न सकिने बताएका छन् । सोमबार वीर अस्पतालको १३६ औँ वार्षिकोत्सव समारोहमा उनले उक्त अस्पताललाई सुधार्न राज्यले सबै सुधारका प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री पौडेलले भने, “नेपालको स्वास्थ्य क्षेत्रको तस्बिर वीर अस्पताल हेरे पुग्छ । वीरलाई सुधार्न सकियो भने मात्र स्वास्थ्य क्षेत्रको सुधार हुनेछ । त्यसैले यहाँ आवश्यक उपकरणलगायत पूर्वाधार उपलब्ध गराउन मन्त्रालयले हदैसम्मको प्रयास गर्नेछ ।”
उनले नेपालको स्वास्थ्य क्षेत्रमा धेरै सुधार गर्नुपर्ने भन्दै त्यसका लागि थप लगानी आवश्यक रहेको बताए । “स्वास्थ्य क्षेत्र सुधार नभएको होइन, तर पूर्ण रूपमा सुधार हुन सकेको छैन । त्यसैले यसमा सबै गम्भीर बन्नुपर्छ”, पौडेलले भने ।
उनले भदौ महिनासम्म सबै अस्पतालको स्वास्थ्य बिमा रकम फरफारक गर्ने प्रयास भइरहेको जानकारी दिए । अस्पतालका निर्देशक प्रा डा दिलीप शर्माले अस्पतालको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गर्दै बहिरङ्ग सेवा (नयाँ तथा पुरानो) अनलाइनमा समेत गरी छ लाख ४७ हजार २१५ जना, आकस्मिक सेवा ३५ हजार १४१ र अन्तरङ्ग सेवा २१ हजार २२४, शल्यक्रिया सेवा २६ हजार ४४६ ले लिएको जानकारी गराए । अस्पतालमा दैनिक करिब दुई हजार ५०० सयभन्दा बढीले सेवा लिने गरेका उनले बताए ।

अस्पतालमा सघन उपचारका लागि बहु–विशिष्टिकृत ७२ सघन उपचार श्यया तथा ३८ ‘हाइ–डिपेन्डेन्सी युनिट’ रहेका छन् । डा शर्माले वीर अस्पताल देशको गौरवका रूपमा रहेको बताउँदै यस संस्थालाई केन्द्रीय रिफरल तथा अध्ययन अनुसन्धानको केन्द्र बनाउन सबैको एकता तथा प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । उनले भने, “अत्यावश्यक शीर्षकमा वार्षिक बजेटको कमी, स्वास्थ्य बिमा बोर्डबाट समयमै सोधभर्ना नहुनु तथा बढ्दो कमर्चारी परिवर्तनका साथै प्राविधिक जनशक्तिको स्वीकृत दरबन्दीको कमीले अस्पतालमा चुनौती थपिएको छ ।”
विसं १९४६ साउन १२ गते स्थापना भएको यो अस्पताल १५ श्ययाबाट सुरु भएकामा हाल स्वीकृत क्षमता ९६० रहेको छ । अस्पतालले हाल २२ वटा क्लिनिकल विभाग तथा तीन वटा क्लिनिकल युनिट ९आँखा स्वास्थ्य, गाइनोकोलोजी, मानसिक रोग०मार्फत आधारभूत, विशेषज्ञ तथा अति विशिष्टिकृत सेवा प्रदान गर्दै आएको छ ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया