मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्यक्रिया सुरु
काठमाडौँ। चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा सुरुआत भएको छ । स्थानीय तहमा सञ्चालित उक्त अस्पतालमा निःशुल्क रूपमा शल्यक्रिया सेवाको सुरुआत भएको हो ।
चन्द्रागिरि नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । यो अस्पताल निःशुल्क शल्यक्रिया सेवा थालनी गर्ने पहिलो भएको बताइएको छ ।
नगरपालिकाको आन्तरिक स्रोेतबाट करिब रु दश लाखमा अस्पतालको शल्यक्रिया कक्ष र शल्यक्रिया पछि बिरामी राख्ने श्यया निर्माण गरिएको अस्पतालका प्रमुख डा नारायण आचार्यले जानकारी दिए ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शल्यक्रिया कक्षको शुभारम्भ गर्दै नगरले ‘एलोपेथिक’ उपचार र आयुर्वेद चिकित्सा दुवै सेवालाई एकै साथमा अगाडि बढाउँदै ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने उद्देश्यसहित सेवालाई उच्च प्राथमिकता दिइएको बताए
चन्द्रागिरि–८ का वडाध्यक्ष प्रल्हाद रिजालले अगामी दिनमा अस्पतालको सेवा विस्तार गरिने जानकारी दिनुभयो । कार्यक्रममा नगर प्रवक्ता कृष्णप्रसाद खड्गी, चन्द्रागिरि–१५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल, चन्द्रागिरि–१३ का वडाध्यक्ष श्रीकृष्ण खत्रीलगायतको सहभागिता थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालको सेवालाई अझ विस्तार गर्न नगरले उच्च प्राथमिकता दिँदै योजनाबद्ध काम गर्ने बताए ।
अस्पतालका प्रमुख डा आचार्यले शल्यक्रिया कक्ष सञ्चालन भएसँगै अस्पतालले थप विशेषज्ञ सेवासमेत प्रदान गर्ने बाटो खुला भएको उल्लेख गरे । उहाँका अनुसार अस्पतालमा पञ्चकर्म सेवाअन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया हुन्छ । उनले भने, “हामीले पहिलो चरणमा साताको एकदिन शल्यक्रियाको व्यवस्था मिलाएका छौँ, बिरामीको चाप र मागका आधारमा क्रमशः दैनिक शल्यक्रियाको व्यवस्था मिलाउने योजना बनाएका छौँ । ”
अस्पतालले दैनिक बहिरङ्ग सेवा (ओपिडी) र सातामा एकदिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । पञ्चकर्मअन्तर्गत (बमन, बिरेचन, वस्तिकर्म, नश्य कर्म र रक्तमोक्षण) पूर्व कर्मका विभिन्न सेवा अस्पतालले प्रदान गरिरहेको प्रमुख डा आचार्यले जानकारी दिए । उनका अनुसार अस्पतालको आफ्नै जडीबुटी उद्यान पनि छ ।
प्रमुख डा आचार्यले महिनावारी स्वच्छता, हातधुने अभ्यास, प्राथमिक उपचारसम्बन्धी अभिमुखिकरण, किट वितरण, कपडाको प्याड बनाउने अभ्यास, जनरल तथा आयुर्वेद मोबाइल हेल्थ शिविरलगायत सेवा सञ्चालन भइरहेका बताए । आगामी दिनमा प्रभावकारी र थप गुणस्तरीय सेवाका लागि योजनाबद्ध रूपमा काम गरिने उनले उल्लेख गरे ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया