सेनाद्वारा बृहत् स्वास्थ्य शिविर सञ्चालन
जुम्ला । कनकासुन्दरी गाउँपालिका–६ स्थित गोरुचौरमा नेपाली सेनाले सञ्चालन भएको एकदिने बृहत् स्वास्थ्य शिविरमा पाँच सय ५६ जनाले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् ।
सेनाको २४ नंं गुल्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ‘जनरल फिजिसियन’, स्त्रीरोग, दन्तरोग विशेषज्ञ चिकित्सकसहितको मेडिकल टोलीद्वारा सोमबार सम्पन्न शिविरमा स्थानीयवासीको स्वास्थ्य जाँच गरिएको सेनाले जनाएको छ ।
यहाँको कनकासुन्दरी, सिञ्जा, हिमा, तातोपानी र तिला गाउँपालिका तथा मुगु जिल्लाको खत्याड गाउँपालिका स्थानीयवासीलाई लक्षित गरी शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिला ३१९, पुरुष १८४ र बालबालिका ५३ जनाले सेवा लिएको देवीदत्त गण जुम्लाका गणपति प्रमुख सेनानी धिरज थापाले जानकारी दिए।
कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदरप्रसाद आचार्यले पालिकामै पुगेर यहाँका स्थानीयवासीको स्वास्थ्यलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकामा सेनालाई धन्यवाद दिए। नागरिक र सैनिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ ।
उपचार सेवा लिएका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइएको छ ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया