सुदूरपश्चिम प्रदेशका अस्पतालहरू व्यवस्थापन समिति विहीन
भागबन्डा नमिल्दा नियुक्त हुन सकेनन्
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पताल सँगै जिल्ला अस्पतालहरू व्यवस्थापन समिति विहीन बनेका छन् । अघिल्लो सरकारले नियुक्त गरेको अस्पताल व्यवस्थापन समितिहरूको कार्यकाल सकिएको २ महिना हुनै लाग्दा समेत नियुक्तिको प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका ३ प्रादेशिक अस्पतालहरूमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पताल बैतडी, दार्चुला, डोटी , अछाम, बाजुरा र बझाङ अस्पताल व्यवस्थापन समिति विहीन बनेका हुन् ।
सत्ता गठबन्धनका दल नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीले विभिन्न चरणका छलफल पछि सहमति भइसकेको बताए । उनले भने, प्रमुख प्रतिपक्षी दलको संसद्मा भईरहको अवरोधका कारणले नियुक्तिमा ढिलाइ भएको र छलफलमा भएको विषयमा औपचारिक निर्णय हुन मात्रै बाँकी रहेको बताए ।
त्यसै गरी, नेकपा एमालेका प्रमुख सचेतक चक्र बहादुर मल्लले अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्तको विषय छलफल भए पनि आधिकारिक निर्णय भई नसकेको बताए ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले अस्पताल विकास समितिका पदाधिकारी नियुक्तको विषय छलफलको क्रममा रहेकाले चाँडै नै टुङ्गिने बताए ।
प्रदेश मातहत रहेका अस्पताल सँगै प्रदेश खेलकुद परीषद र प्रदेश युवा परीषद समेत नेतृत्व विहीन छन् ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया