सुदूरपश्चिम प्रदेशका अस्पतालहरू व्यवस्थापन समिति विहीन
भागबन्डा नमिल्दा नियुक्त हुन सकेनन्
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका प्रादेशिक अस्पताल सँगै जिल्ला अस्पतालहरू व्यवस्थापन समिति विहीन बनेका छन् । अघिल्लो सरकारले नियुक्त गरेको अस्पताल व्यवस्थापन समितिहरूको कार्यकाल सकिएको २ महिना हुनै लाग्दा समेत नियुक्तिको प्रक्रिया अगाडी बढ्न सकेको छैन ।
सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेका ३ प्रादेशिक अस्पतालहरूमा सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टीकापुर प्रादेशिक अस्पतालका साथै जिल्ला अस्पताल बैतडी, दार्चुला, डोटी , अछाम, बाजुरा र बझाङ अस्पताल व्यवस्थापन समिति विहीन बनेका हुन् ।
सत्ता गठबन्धनका दल नेपाली काँग्रेसका प्रमुख सचेतक विक्रम सिंह धामीले विभिन्न चरणका छलफल पछि सहमति भइसकेको बताए । उनले भने, प्रमुख प्रतिपक्षी दलको संसद्मा भईरहको अवरोधका कारणले नियुक्तिमा ढिलाइ भएको र छलफलमा भएको विषयमा औपचारिक निर्णय हुन मात्रै बाँकी रहेको बताए ।
त्यसै गरी, नेकपा एमालेका प्रमुख सचेतक चक्र बहादुर मल्लले अस्पताल व्यवस्थापन समितिका पदाधिकारी नियुक्तको विषय छलफल भए पनि आधिकारिक निर्णय भई नसकेको बताए ।
सामाजिक विकास मन्त्री मेघराज खड्काले अस्पताल विकास समितिका पदाधिकारी नियुक्तको विषय छलफलको क्रममा रहेकाले चाँडै नै टुङ्गिने बताए ।
प्रदेश मातहत रहेका अस्पताल सँगै प्रदेश खेलकुद परीषद र प्रदेश युवा परीषद समेत नेतृत्व विहीन छन् ।
ताजा अपडेट
- नेपाल बाल शल्य चिकित्सक समाजको अध्यक्षमा डा थापा
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया