स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ।
प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन,२०२६ लाई सम्बोधन गर्दै मन्त्री मेहताले स्वास्थ्यलाई अस्पताल,उपचार र औषधिमा मात्र सीमित राख्न नहुने बताउनुभयो। उहाँले रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो हुने उल्लेख गर्नुभयो। मानिसको स्वास्थ्य उसको सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले ती पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्ने उहाँको भनाइ थियो।
मन्त्री मेहताले उच्च रक्तचाप,मधुमेह,मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग,मानसिक स्वास्थ्य समस्या,सडक दुर्घटना,वायु प्रदूषण तथा जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने बताउनुभयो। यसका लागि शिक्षा,कृषि,खानेपानी,शहरी विकास,स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।
सबै नीतिमा स्वास्थ्यको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वास्थ्यलाई सबै क्षेत्रका नीति,योजना तथा कार्यक्रमको अभिन्न हिस्सा बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
संघीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै मन्त्री मेहताले स्थानीय आवश्यकता,भाषा,संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। यसका लागि तीनै तहका सरकारबीच समन्वय,स्रोतसाधनको सुनिश्चितता तथा संस्थागत र प्राविधिक क्षमता विकासमा जोड दिनुपर्ने उहाँको भनाइ थियो।
स्वास्थ्य प्रवर्द्धनलाई स्थापित पेसागत तथा शैक्षिक विधाका रूपमा विकास गर्न दक्ष जनशक्ति उत्पादन,अनुसन्धानको विस्तार र प्रमाणमा आधारित अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने उहाँले बताउनुभयो। सम्मेलनले सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण,स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण,दिगो लगानी,स्वास्थ्य सेवामा समान पहुँच तथा जवाफदेहितालगायत विषयमा छलफल गरेको छ।
ताजा अपडेट
- स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको प्राथमिकतामा राख्नुपर्नेमा मन्त्री मेहताको जोड
- चिकित्सा शिक्षा आयोगद्वारा एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशन
- स्वास्थ्य क्षेत्रका समस्या समाधान गरी सबै नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउनुपर्छ : मुख्यमन्त्री भट्ट
- शिक्षा–स्वास्थ्य मन्त्रालयको क्षेत्राधिकार अन्योलमा गेटा विश्वविद्यालय, अस्पताल हस्तान्तरणदेखि पदाधिकारी नियुक्तिसम्म अल्झियो
- जलवायु परिवर्तनका चुनौती सामना गर्न स्वास्थ्यलाई जलवायु कार्ययोजनाको केन्द्रमा राख्नुपर्नेमा स्वास्थ्यमन्त्री मेहताको जोड
- जलवायु परिवर्तनका मुद्दामा स्वास्थ्यलाई केन्द्रमा राख्न मन्त्री मेहताको जोड
- नेपालमा पहिलोपटक राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन हुँदै
- कोप–३१ मा जलवायु परिवर्तन र स्वास्थ्यसम्बन्धी उच्चस्तरीय छलफलको अध्यक्षता गर्दै मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया