Techie IT
  • शुक्रबार, मंसीर ५, २०८३ / Friday, November 20, 2026
गृहपृष्ठ ∕ औषधि तथा उपकरण ∕ सिंहदरबार वैद्यखानालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गर्ने तयारी

सिंहदरबार वैद्यखानालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप स्तरोन्नति गर्ने तयारी


काठमाडौं । सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि गर्दै औषधि उत्पादनको गुणस्तर सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उत्पादन प्रणाली विकास गर्ने विषयमा दुई मन्त्रीबीच छलफल भएको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताबीच भएको छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, उत्पादित औषधिको गुणस्तर अभिवृद्धि तथा औषधि निर्यातको सम्भावनाबारे चर्चा भएको हो।

छलफलका क्रममा विश्व स्वास्थ्य संगठन (WHO) का मापदण्डअनुरूप वैद्यखानाको स्तरोन्नति गरी औषधि उत्पादन प्रणालीलाई थप व्यवस्थित, सुरक्षित र गुणस्तरीय बनाउने विषयमा जोड दिइएको छ।

त्यसैगरी, वैद्यखानाको अनुसन्धान तथा उत्पादन क्षमता विस्तार गर्दै नेपाली औषधिलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने सम्भावनाबारे समेत छलफल भएको जनाइएको छ।

वैद्यखानाको सुधार तथा विकासका लागि दुवै मन्त्रालयबीच आवश्यक समन्वय र सहकार्य अघि बढाउने तथा यससम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर गर्ने विषयमा समेत छलफल भएको छ।

सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखानाको संस्थागत सुधार, प्रविधि हस्तान्तरण र गुणस्तर अभिवृद्धिमार्फत परम्परागत औषधि उत्पादनलाई आधुनिक तथा अन्तर्राष्ट्रिय मापदण्डसँग जोड्ने लक्ष्य राखिएको छ।



तपाईको प्रतिक्रिया

ताजा अपडेट


यो पनि पढनुहोस

error: Content is protected !!