बालबालिकालाई स्वस्थ बनाउन के गर्ने ?

बालबालिकालाई कसरी स्वस्थ बनाउने ? यो प्रश्न धेरैको मनमा उब्जने गर्छ । जबकी बालबालिकालाई शारीरिक रुपमा स्वस्थ बनाउन खासै केही गर्नु पर्दैन । उनीहरुको आहारमा विशेष ध्यान दिएर पनि उनीहरुलाई स्वस्थ बनाउन सकिन्छ ।
जबकी कयौ अभिभावक यस्ता छन्, जो बच्चाको आहारमा खासै ध्यान दिदैनन् । र, उनीहरु ‘आफ्नो बच्चाले खाना राम्ररी नखाएको’ गुनासो गर्नमा मात्र समय खर्चिने गर्छन् । यस दौरान बच्चालाई कस्तो आहार दिने भन्ने कुरा समेत उनीहरु विर्सने गर्छन् । त्यसबाहेक, कामकाजी आमाबाबुका कारण पनि कयौ पटक बालबालिकाहरु स्वस्थ आहारबाट बञ्चित हुने गर्छन् । उनीहरुलाई बच्चासित बसेर खाने फुर्सद समेत हुँदैन । जबकी कुनै पनि बालबालिकालाई स्वस्थ आहार ख्वाउनु छ भने उनीहरुलाई आफ्नो साथमै राखेर स्वस्थ एवं सन्तुलित खानेकुरा खुवाउनु पर्छ ।
साथमा खुवाउने
सानो छँदै बालबालिकालाई स्वस्थकर खानेकुरा खान सिकाए भविष्यमा समेत उनीहरुको शारीरिक विकास सही ढङ्गले हुन्छ । यसको लागि सबैभन्दा पहिले उनीहरुलाई स्वस्थकर खानेकुराबारे जानकारी दिन आवश्यक छ । कुन खानेकुरामा के के पोषक तत्वहुन्छ, कुन कुन खानेकुरा स्वास्थ्यका लागि फाइदाजनक छ भन्नेकुरा बताउन आवश्यक छ । ताकी उनीहरुलाई समेत आहारमा पाइने पोषकतत्वबारे जानकारी होस् । र , यी सबै कुरा जानकारी गराउनका लागि बालबालिकालाई साथैमा राखेर खाना खुवाउन जरुरी छ ।
आफूले पनि खाने
बालबालिकामा स्वस्थ खानेकुरा खाने बानीको विकासका लागि अभिभावकहरुले पनि आफ्नो खानपानमा सुधार गर्न जरुरी छ । बालबालिकासित जंकफुड खानबाट परेज गर्नुपर्छ । सलाद, फलफूल, सागसब्जी, दही, सूप, आदी खानामा सामेल गर्नुपर्छ । र, बालिकालाई पनि यस्ता खानेकुरा खान प्रोत्साहित गर्नुपर्छ ।
स्वाद लिएर खान सिकाउने
खाना पेट भर्नको लागि मात्र नभएर शरीरलाई स्वस्थ राख्न र जिब्रोको स्वाद बढाउन पनि खाने गर्नुपर्छ । स्वाद लिएर खाना खाएमा यसले र्यालको निर्माण गर्छ । जसले पाचन प्रणाली चुस्त बनाउनुका साथै एसिडिटी, कब्जियत तथा छाती पोल्ने समस्याबाट छुटकारा दिलाउँछ । त्यसैले, बालबालिकालाई विस्तारै विस्तारै खाना खान प्रोत्साहित गर्नुपर्छ । यसले उनीहरुको शारीरीक विकास राम्ररी हुन्छ ।
खाँदा टिभी र मोबाइल चलाउन नदिने
आजकलका बच्चाहरुमा खाँदा टिभी हेर्ने र मोबाइल चलाउने क्रम बढ्दो छ । जबकी विशेषज्ञहरुअनुसार खाना खाने समय आफ्नो पूरा ध्यान खानामा केन्द्रित हुनुपर्ने बताउँछन् । अन्यथा, टिबी हेरेर खादाँ पेट भरिएको समेत थाहा नभएर बालबालिका ओभर इटिङ्गको शिकार हुने गर्छन् ।
परिवारसँग बसेर खुवाउने
बालबालिकाले समयमा खाना खान्छन् कि खाँदैनन्, पौष्टिक आहार लिन्छन् कि लिदैनन्, खाएपनि कति परिणाममा खान्छन् भन्ने कुरामा अभिभावकहरु सचेत हुनु पर्छ । र, यसको लागि परिवारको साथमा बसेर बालबालिकालाई खाना खुवाउनु पर्छ । परिवारमा बसेर खाना खाएमा बालबालिकाले स्वस्थ आहार खानुका साथै राम्रो संस्कार सिक्दछन् ।
खानेकुरा किन्न वा बनाउन प्रोत्साहित गर्ने
जब बालबालिका खानेकुरा किन्न आफै बजार जान्छन्, तबमात्र उनीहरुले खानाको महत्वबारे थाहा पाउँछन् र, कुन खानेकुरामा कति पौष्टिक तत्व हुन्छ भन्नेबारे जानकारी पाउँछन् । त्यतिमात्र हैन, जब उनीहरुले किनेर ल्याएको खानेकुरा उनीहरु आफै पकाउन थाल्छन्, पकाउन सहयोग गर्छन् तब उनीहरु आफूले तयार पारेको खानेकुरा चाख्न पनि लालायित हुन्छन् ।
पानी पिउन प्रोत्साहित गर्ने
गुलियो पेय पदार्थको अत्याधिक सेवनले बाबालिकामा मोटोपनाको समस्या बढाउन सक्छ । त्यसैले उनीहरुलाई मोटोपनाको समस्या हुन नदिन तथा स्वस्थ रहन बढी भन्दा बढी पानी पिउन प्रोत्साहित गर्नुपर्छ ।
ताजा अपडेट
- ११ वर्षपछि डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन
- धनगढीस्थित निसर्ग अस्पतालमा जन्मजात ओठ तथा तालु फाटेको समस्याको नि: शुल्क शल्यक्रिया गरीदै
- बन्दागोभीमा अत्यधिक मात्रामा विषादी फेला
- विषादीयुक्त फलफूल तथा तरकारीको गुणस्तर परीक्षणमा कडाइ गरौँ : राष्ट्रियसभा सांसद
- बुबा सन्तरामले सपना देखे, छोरी डा स्मृतिले पूरा गरिन् !
- प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न राष्ट्रपतिको आह्वान
- आज विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइँदै
- गौरीफन्टा नाकामा भारतबाट फर्केका तीन जनामा कोभिड पुष्टि
धेरैले पढेको
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार
- सुदूरपश्चिम प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा थप सेवा बिस्तार
- गेटा अस्पतालले माग्यो ७ बिशेषज्ञ चिकित्सक सहित १३ चिकित्सक
- डडेल्धुराको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने मन्त्रीपरीषदको निर्णय
- सुदूरपश्चिम प्रदेशका अस्पतालहरू व्यवस्थापन समिति विहीन
- विद्यालयमा कस्तो स्वास्थ्य शिक्षा आवश्यक ?
- आउँदो मनसुन अनि सम्भावित महामारीको जोखिम
- स्वस्थ्य जिवनशैली, सूक्ष्म व्यायाम : जहाँ पनि, जहिले पनि
तपाईको प्रतिक्रिया