दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालका १५१ पदमा १ हजार ६ सय बढीको आवेदन
कैलाली । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न पदमा माग गरिएको कर्मचारीका लागि १ हजार ६ सय ८० जनाको आवेदन परेको छ ।
विश्वविद्यालयले शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्ति गर्न विज्ञापन आह्वान गरेको थियो । मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत,फार्मेसी अधिकृतसहित चिकित्सकीय तथा स्वास्थ्य सेवाका विभिन्न पदमा कर्मचारी माग गरिएको थियो ।
स्वास्थ्य सेवा आठौँ श्रेणीअन्तर्गत मेडिकल अधिकृत १०, डेन्टल सर्जन ४ र बायोमेडिकल इन्जिनियर १ जना गरी १५ पदमा दरखास्त आह्वान गरिएको थियो ।
त्यस्तै, सातौँ श्रेणीअन्तर्गत नर्सिङ अधिकृत १०, रेडियोग्राफी अधिकृत १, फार्मेसी अधिकृत २, फिजियोथेरापी अधिकृत २ र ल्याब टेक्नोलोजिस्ट ३ जना गरी १८ पदमा आवेदन माग गरिएको थियो ।
सहायक पाँचौँ तहमा भने सबैभन्दा धेरै स्टाफ नर्स ९० जना माग गरिएको छ । यसै तहमा ल्याब टेक्निसियन १०, रेडियोग्राफर ६, फिजियोथेरापी सहायक २ र फार्मेसी सहायक १० जना गरी ११८ पदमा पदपूर्ति गरिने विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले भदौ २६ गतेदेखि आवेदन खुला गरेको थियो भने असोज १ गतेलाई दरखास्त दिने अन्तिम मिति तोकेको थियो । निर्धारित अवधिमा विभिन्न पदका लागि १ हजार ६ सय ८० जनाको आवेदन परेको हो ।
यसरी विश्वविद्यालयले शिक्षण अस्पतालका लागि अधिकृतदेखि सहायक तहसम्म कुल १५१ जना स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ । ठूलो संख्यामा आवेदन परेपछि अब छनोट तथा नियुक्ति प्रक्रिया अघि बढाइने विश्वविद्यालयले जनाएको छ ।
ताजा अपडेट
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट तीन विधेयक संसदमा दर्ता
- स्वास्थ्य बीमाअन्तर्गत जेठ महिनाको १ अर्ब ४५ करोड भुक्तानी
- दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालका १५१ पदमा १ हजार ६ सय बढीको आवेदन
- कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालमा थपिए २९ विशेषज्ञ चिकित्सक
- आमालाई ६ महिना, बुबालाई ४२ दिन प्रसूति स्याहार बिदा प्रस्ताव
- राजविराज अस्पताल घटनाको छानबिन प्रतिवेदन प्राप्त, आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढ्यो
- डडेल्धुरा मेडिकल कलेजले माग्याे शैक्षिक जनशक्ति
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया