Techie IT
  • मंगलबार, भदौ १६, २०८३ / Tuesday, September 1, 2026
गृहपृष्ठमुख्य समाचारआपत्‌कालीन स्वास्थ्य उपचारका लागि तयारी रहन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

आपत्‌कालीन स्वास्थ्य उपचारका लागि तयारी रहन अस्पतालहरूलाई मन्त्रालयको निर्देशन


काठमाडौं । बाढी प्रभावित क्षेत्रका घाइतेहरूको आपत्‌कालीन स्वास्थ्य उपचार गर्न काठमाडौंका मुख्य अस्पतालहरूलाई तयारी अवस्थामा बस्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

प्रभावित क्षेत्र आसपाससँगै काठमाडौंका अस्पतालहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मन्त्रालयले भनेको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीका अनुसार, काठमाडौंका राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल (टिचिङ) र नेपाल प्रहरी अस्पताललाई ‘स्ट्यान्डबाइ’ राखिएको छ । घाइतेहरूको उपचारका लागि ती अस्पतालहरूमा १०० भन्दा बढी बेड खाली गराइएको उनले जानकारी दिए ।

“नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब जस्ता सामाजिक संस्थाहरू उपचार तथा उद्धार कार्यलाई तयारी अवस्थामा रहन भनिएको छ । ब्लड बैंकहरूलाई समेत उच्च सतर्कतामा रहन निर्देशन दिइकएको छ,” उनले भने ।



तपाईको प्रतिक्रिया

error: Content is protected !!