शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई अझै हस्तान्तरण भएन गेटा शिक्षण अस्पताल
स्वास्थ्य मन्त्रालयले खटाएका कर्मचारीबारे निर्णयमा ढिलाइ
काठमाडौं । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा स्वीकृत गेटा अस्पताल अझै विश्वविद्यालयलाई औपचारिक रूपमा हस्तान्तरण हुन सकेको छैन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले साउन ६ गते अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न परिपत्र जारी गरे पनि हालसम्म हस्तान्तरण प्रक्रिया पूरा भएको छैन। यसैबीच तत्कालीन निमित्त निर्देशक डा. प्रमोदकुमार यादव बिदा भएर फर्किसकेका छन्।
नेपाल सरकारको असार २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गेटा अस्पताललाई शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा स्वीकृति प्रदान गरेको थियो। त्यसपछि मन्त्रालयले विश्वविद्यालयलाई अस्पताल हस्तान्तरण गर्ने निर्णय गरे पनि आफ्ना मातहतमा कार्यरत एक चिकित्सकबाहेक अन्य ३० जना कर्मचारीको व्यवस्थापनबारे भने कुनै निर्णय गरेको छैन।
अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार निमित्त निर्देशक फिर्ता भइसकेका छन् तर अस्पताल अझै विश्वविद्यालयलाई हस्तान्तरण भएको छैन। उनका अनुसार मन्त्रालय मातहतका ३० जना कर्मचारीमध्ये पाँच जना अध्ययन बिदामा रहेकाले हाल २५ जना कर्मचारी अस्पतालमै कार्यरत छन्।
शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले ३०० शय्याको शिक्षण अस्पताल सञ्चालनसँगै चालु शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालन गर्ने तयारीलाई तीव्रता दिएको छ। विश्वविद्यालयले विद्यार्थी भर्नाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, शिक्षण अस्पताल, उपकरण तथा प्रयोगशाला व्यवस्थापनको काम अघि बढाइरहेको जनाएको छ।
विश्वविद्यालयले एमबीबीएस, बीएससी नर्सिङ, बीएससी एमएलटी र बी। अप्टोमेट्री कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगमा सेल्फ एप्रेजल फाराम बुझाइसकेको छ।
चिकित्सा शिक्षा आयोगले जारी गरेको एकीकृत वार्षिक शैक्षिक क्यालेन्डरअनुसार स्नातक तहका चिकित्सा कार्यक्रमहरूको सिट निर्धारण असोजको दोस्रो सातासम्म गरिनेछ। आयोगका अनुसार सिट निर्धारणअघि भदौको तेस्रो सातासम्म सम्बन्धित शिक्षण संस्थाहरूको अनुगमन गरिनेछ।
विश्वविद्यालयले चिकित्सा शिक्षाका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक शैक्षिक जनशक्तिको व्यवस्थापन पनि अघि बढाएको छ। २०८२ फागुन ८ गते प्रकाशित विज्ञापनमार्फत प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक गरी ७७ पदका लागि आवेदन मागिएको थियो। सोही प्रक्रियाअन्तर्गत हालसम्म ३ जना प्राध्यापक र १४ जना सहप्राध्यापकको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ।
यसैगरी, अस्पताल तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ, प्राविधिक तथा प्रशासनिक कर्मचारीको व्यवस्थापनको काम पनि अघि बढाइएको विश्वविद्यालयले जनाएको छ। संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) स्वीकृत भइसकेकाले आवश्यकताअनुसार कर्मचारी पदपूर्तिका लागि छिट्टै विज्ञापन आह्वान गर्ने तयारी भइरहेको विश्वविद्यालयको भनाइ छ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया