स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन,२०६६’ लाई संशोधन गर्न बनेको विधेयकको माथि सर्वसाधारणबाट राय/सुझाव माग गरेको म्याद आज सकिने जनाएको छ।
मन्त्रालयले साउन ६ गते सात दिनको समय दिँदै मस्यौदा सार्वजनिक गरेको थियो। इच्छुक व्यक्ति तथा सरोकारवालाले मन्त्रालयको कानून शाखाको इमेल law.section@mohp.gov.np मार्फत आफ्नो राय तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको थियो।
प्रस्तावित संशोधनमा स्वास्थ्यकर्मीमाथि हुने हिंसाविरुद्धको कानुनी व्यवस्था थप कडा बनाउने,स्वास्थ्य विषय अध्ययनरत विद्यार्थीलाई पनि ऐनको संरक्षणको दायरामा समेट्ने,हतियारसहित आपराधिक बल प्रदर्शनलाई निषेधित कार्यका रूपमा समावेश गर्ने तथा मन्त्रालयलाई आवश्यक निर्देशिका,कार्यविधि र मापदण्ड बनाउन सक्ने अधिकार दिने व्यवस्था प्रस्ताव गरिएको छ।
मन्त्रालयले प्राप्त हुने सुझावको अध्ययनपछि आवश्यक परिमार्जन गरी विधेयकलाई अगाडि बढाउने तयारी गरेको जनाएको छ।
- # स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय
- # स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया