डा. गोविन्द केसी सुदूरपश्चिमको भविष्यमाथि खेलबाड गर्दै, गेटा विश्वविद्यालयविरुद्ध किन लागे ?
धनगढी । आफूलाई चिकित्सा शिक्षा सुधारका अभियन्ताका रूपमा प्रस्तुत गर्दै आएका डा. गोविन्द केसी पुनः अनशनमा बस्ने तयारीमा छन् ।
विगतमा चिकित्सा शिक्षाको गुणस्तर, पहुँच र पारदर्शिताका पक्षमा उठाएका उनका कतिपय मागप्रति आम नागरिकको सहानुभूति रहँदै आएको छ । तर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयमा उनले लिएको पछिल्लो अडान भने सुदूरपश्चिमवासीको आकांक्षा र क्षेत्रीय विकासको भावनाविपरीत रहेको भन्दै प्रश्न उठ्न थालेको छ ।
लामो राजनीतिक तथा सामाजिक संघर्षपछि कैलालीको गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको बाटो खुलेको अवस्थामा डा. केसीले त्यसको विरोधलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । उनले हतारमा ऐन ल्याएर निजी स्वार्थअनुसार नयाँ संरचना थोपर्न खोजिएको दाबी गर्दै आएका छन् । साथै, नयाँ विश्वविद्यालय आवश्यक भए त्रिभुवन विश्वविद्यालयअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै विश्वविद्यालयका रूपमा विस्तार गर्न सकिने तर्क पनि अघि सारेका छन् ।
तर सुदूरपश्चिमका नागरिक, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरू भने डा. केसीको यो दृष्टिकोणलाई अव्यावहारिक र केन्द्रमुखी सोचको निरन्तरता मान्छन् । उनीहरूका अनुसार देशका अन्य क्षेत्रमा विश्वविद्यालय र प्रतिष्ठान स्थापना हुँदा विरोध नगर्ने तर सुदूरपश्चिममा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना भएर पनि आंशिक रुपमा सञ्चालन भइसकेको अवस्थामा पनि विरोध गर्नु क्षेत्रीय असमानतालाई अझै संस्थागत गर्ने प्रयास हो । गेटामा स्थापना भएको विश्वविद्यालय केवल एउटा शैक्षिक संस्था मात्र नभई सुदूरपश्चिमको आर्थिक, सामाजिक र स्वास्थ्य क्षेत्रको रूपान्तरणसँग जोडिएको महत्वाकांक्षी परियोजना हो । यसले चिकित्सक, नर्स, स्वास्थ्यकर्मी उत्पादन गर्ने मात्र होइन, अनुसन्धान, रोजगारी, पूर्वाधार विकास र क्षेत्रीय समृद्धिमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
यस्तो अवस्थामा विश्वविद्यालयको अवधारणालाई नै अस्वीकार गर्दै अनशनको घोषणा गर्नु सुदूरपश्चिमवासीको दशकौँदेखिको सपनामाथि प्रहार भएको टिप्पणी हुन थालेको छ । स्थानीय स्तरमा समेत ‘देशका अन्य भूगोलमा अवसर विस्तार हुँदा स्वागत गर्ने, तर सुदूरपश्चिमले अवसर पाउँदा विरोध गर्ने’ प्रवृत्तिले डा. केसीको निष्पक्षतामाथि प्रश्न उठाएको छ ।
विश्लेषकहरूका अनुसार जब–जब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले कार्यान्वयनको गति लिन खोज्छ, तब–तब त्यसको विरोधमा आवाज उठ्नु संयोग मात्र मान्न सकिँदैन । यसले विश्वविद्यालयको स्थापनाबाट कसलाई फाइदा र कसलाई घाटा हुने भन्ने विषयमा समेत बहस जन्माएको छ । सुदूरपश्चिमका नागरिकहरूका लागि यो संस्था केवल भवन वा प्रशासनिक संरचना मात्रै होइन, यो राज्यबाट लामो समय उपेक्षित रहँदै आएको भूगोलको आत्मसम्मान, अवसर र भविष्यसँग जोडिएको विषय पनि हो ।
यही कारणले डा. गोविन्द केसीको पछिल्लो अनशनलाई धेरैले चिकित्सा शिक्षा सुधारको अभियानभन्दा पनि सुदूरपश्चिमको विकास यात्रामाथि अवरोध सिर्जना गर्ने कदमका रूपमा हेर्न थालेका छन् । गेटामा विश्वविद्यालय स्थापना हुनुमा केवल सरकारी नीति मात्रै नभई सुदूरपश्चिमवासीको सामूहिक आकांक्षा पनि थियो । अब यसलाई रोक्ने प्रयास गर्नु भनेको सुदूरपश्चिमलाई फेरि पनि उपेक्षा गर्नु हो ।
ताजा अपडेट
- डा. गोविन्द केसी सुदूरपश्चिमको भविष्यमाथि खेलबाड गर्दै, गेटा विश्वविद्यालयविरुद्ध किन लागे ?
- स्वास्थ्यसम्बन्धी तीन महत्त्वपूर्ण ऐन संशोधनका मस्यौदामा सात दिनभित्र सुझाव दिन मन्त्रालयको आग्रह
- आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउन छलफल
- जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
- शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो
- निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार नियुक्त
- स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन हुने
- खाद्य तथा कृषि सङ्गठनको सहकार्यमा खाद्य प्रणाली सुदृढीकरण परियोजना सुरु
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया