डाक्टर र नर्ससहित २३ जनालाई सोधियो १५ दिने स्पष्टीकरण
काठमाडौं । लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण माग गरेको छ ।
मन्त्रालयले बिहीबार बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेका डाक्टर, नर्स र ल्याब टेक्निसियनहरुको नामावली सार्वजनिक गर्दै उनीहरुलाई १५ दिनभित्र सफाइ पेश गर्न भनेको हो ।
उनीहरुले स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएको सूचनामा उल्लेख छ । त्यसैले सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने ? भनेर स्पष्टीकरण सोधिएको छ ।
‘विभागीय सजाय नगर्नुपर्ने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र आफ्नो सफाइ पेश गर्नुहुन सम्बन्धित कर्मचारीहरुलाई यसै सूचनाद्वारा जानकारी गराइएको छ,’ सूचनामा लेखिएको छ ।
स्पष्टीकरण माग गरिएको सूचनामा वीर अस्पताल, कान्ति बाल अस्पताल महाराजगञ्ज, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, आयुर्वेद चिकित्सालय नरदेवी लगायतका अस्पताल तथा स्वास्थ्य संस्थाका डाक्टर, नर्स, ल्याब टेक्नोलोजिस्ट लगायतको नाम छ ।

ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया