भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा
चितवन । चितवनस्थित भरतपुर अस्पतालले सघन उपचार कक्ष (आइसियु) सेवामा पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको विवरण डिस्प्ले बोर्ड (विद्युतीय सूचना पाटी) मार्फत सार्वजनिक गर्ने व्यवस्था लागू गरेको छ ।
नयाँ व्यवस्थाअनुसार आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा निजका आफन्तलाई मोबाइल फोनमार्फत सन्देश (एसएमएस) पठाई जानकारी समेत गराइनेछ । अस्पतालमा आइसियुका शय्या प्रायः खाली नहुने भएकाले बिरामी आइसियु सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले प्रतीक्षारत रहेकाको नाम र विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाले आइसियु जस्तो अति संवेदनशील सेवामा पारदर्शिता, निष्पक्षता तथा प्राथमिकताका आधारमा सेवा सुनिश्चित गर्न उक्त व्यवस्था लागू गरिएको जानकारी दिए । उनले भने, “आइसियु सेवामा थप पारदर्शिता, निष्पक्षता र सहज पहुँच सुनिश्चित गर्न प्रतिक्षारत बिरामीको नाम विवरण डिस्प्ले बोर्डमा देखाउने व्यवस्था लागू गरेका हौँ । आइसियुमा शय्या उपलब्ध भएपछि सम्बन्धित बिरामी वा आफन्तलाई फोनमार्फत सन्देश पठाइने व्यवस्था गरेका छौँ । यसले सेवा प्रवाहलाई थप व्यवस्थित र विश्वासनीय बनाउन सहयोग पुग्नेछ ।”
अस्पतालको आकस्मिक सेवा (इमरजेन्सी) काउन्टरबाट आइसियुमा भर्नाका लागि आवश्यक विवरण प्रविष्ट गरिनेछ । यस व्यवस्थाले आइसियुमा शय्या खाली भएरनभएको जानकारी सहज रूपमा प्राप्त गर्न सकिने तथा आवश्यकताका आधारमा सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालले जनाएको छ । यस व्यवस्थाले आइसियु शय्याको उपलब्धतासम्बन्धी जानकारी सहज बनाउनुका साथै चिकित्सकीय प्राथमिकता र निर्धारित प्रक्रियाअनुसार सेवा प्रवाह गर्न सहयोग पुग्ने प्रवक्ता डा सापकोटाले बताए ।
छ सय शय्याको भरतपुर अस्पतालमा हाल वयस्कतर्फको सघन उपचार सेवाअन्तर्गत पुरानो आइसियु (एमआइसियु र एआइसियु) मा १८ शय्या, नयाँ आइसियु तथा सिसियुमा १८ शय्या र बर्न वार्डको आइसियुमा दुई शय्या गरी कूल ३८ शय्या सञ्चालनमा रहेका छन् । बालबालिका तथा नवजात शिशुका लागि ३५ शय्याको आइसियु सेवा उपलब्ध छ । अस्पतालको आकस्मिक विभागमा ५० शय्या छन् । अस्पतालमा दैनिक रूपमा तीन हजारभन्दा बढी बिरामी सेवा लिन आउने गरेका छन् ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया