एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
काठमाडौँ । एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्ता सम्बन्धमा गठन गरिएको कार्यदलले सरकारी आठौँ तहका मेडिकल अधिकृतको सुरु तलब स्केलको ५० प्रतिशत रकमलाई मानक बनाएर भत्ता निर्धारण गर्न सुझाव दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बुझाइएको ‘एमबीबीएस तथा बीडीएस इन्टर्न चिकित्सकहरूको मासिक निर्वाह भत्ता सम्बन्धी कार्यदलको प्रतिवेदन, २०८३’ मा इन्टर्न चिकित्सकलाई मासिक निर्वाह भत्ताका रूपमा समान र न्यूनतम सरकारी सरह सुविधा उपलब्ध गराउनुपर्ने निष्कर्ष प्रस्तुत गरिएको छ।
कार्यदलले इन्टर्न चिकित्सकहरूको कामको प्रकृति, अस्पतालमा लामो समय सेवा, रात्रीकालीन ड्युटी तथा अतिरिक्त कार्यभारलाई मध्यनजर गर्दै उनीहरूलाई ‘उचित जीवनयापनयोग्य भत्ता’ दिनुपर्ने उल्लेख गरेको छ।
त्यसैगरी, आवासीय (रेसिडेन्ट) चिकित्सकका लागि भने पूर्ण आठौँ तहको सुरु तलब बराबरको सुविधा लागू गर्न सकिने विकल्पसमेत उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार हाल देशभरका मेडिकल कलेज तथा प्रतिष्ठानहरूमा इन्टर्न चिकित्सकलाई मासिक रु. १०,४०० देखि रु.२३,००० सम्म भत्ता दिइँदै आएको छ।
भत्ता असमान भएको भन्दै विभिन्न कलेज र विद्यार्थी समूहहरूले लामो समयदेखि एकरूप नीति बनाउन माग गर्दै आएका थिए। प्रतिवेदनले श्रम ऐन, २०७४ को व्यवस्थालाई समेत आधार बनाउँदै प्रशिक्षार्थीलाई न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा उपलब्ध गराउनुपर्ने कानुनी दायित्व रहेको उल्लेख गरेको छ।
त्यसैगरी, चिकित्सा शिक्षा आयोग र सम्बन्धित मन्त्रालयहरूका विभिन्न निर्णय तथा परिपत्रहरूमा पनि न्यूनतम सरकारी सरह सुविधा दिनुपर्ने सिफारिस र निर्देशनहरू दोहोरिएको उल्लेख गरिएको छ। कार्यदलले प्रस्तावित भत्ता प्रणाली कार्यान्वयन गर्न सरोकारवालासँग समन्वय गरी कार्ययोजना बनाउनुपर्ने सुझाव दिएको छ।
त्यसैगरी, चिकित्सा शिक्षा आयोगलाई विश्वविद्यालय, प्रतिष्ठान र सम्बन्धित निकायहरूलाई निर्देशन दिने अधिकार भएकाले आयोगको बैठकबाट निर्णय गरी कार्यान्वयन गर्न उपयुक्त हुने निष्कर्ष पनि प्रतिवेदनमा राखिएको छ।




ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया