बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु
काठमाडौँ । ‘समयमै पहिचान, सही उपचार–कुपोषणमुक्त पुस्ताको आधार’ भन्ने मूल नाराका साथ १५ दिने राष्ट्रिय पोषण लेखाजोखा अभियान थालिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ देखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषण तथा मध्यम कुपोषण जोखिमको समयमै पहिचान र आवश्यक उपचार तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले अभियान सुरु गरेको हो ।
अभियानमार्फत स्थानीय तह, जिल्ला तथा प्रदेशस्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधार तयार गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
यही वैशाख १५ देखि प्रारम्भ भएको अभियान ७५३ वटै स्थानीय तहमा चल्नेछ । लेखाजोखा कार्य स्वास्थ्य संस्था तथा खोप केन्द्र, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवनहरू तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन हुनेछन् ।
त्यस क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको सङ्ख्या, आवश्यक स्वास्थ्यकर्मी टोली तथा सामग्रीको व्यवस्थापनसहित सुक्ष्म योजना तयार गर्नेछन् । अभियानसम्बन्धी जानकारी महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, रेडियो तथा स्थानीय सञ्चारमाध्यममार्फत समुदायसम्म पुर्याइनेछ ।
लेखाजोखा कार्यका लागि आधुनिक उपकरण डिजिटल तौल मेसिन, उचाइ र लम्बाइ मापन बोर्ड तथा पाखुराको घेराइ नापेर कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिनेछ । यस अभियानबाट प्राप्त हुने तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग पुर्याउने मन्त्रालयको विश्वास छ ।
सबैको साझा प्रयासबाट मात्र कुपोषणमुक्त स्वस्थ पुस्ता निर्माण सम्भव हुने जनाउँदै मन्त्रालयले अभियानका क्रममा ६–५९ महिनाका आफ्ना बालबालिकाको पोषण जाँच अनिवार्य रूपमा गराई यस अभियानलाई सफल बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । अभियान यही वैशाख ३० गतेसम्मे चल्नेछ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया