जुम्लाबाट हेलिकोप्टरमार्फत सुर्खेत पुर्याईएकी सुत्केरीको उपचारका क्रममा मृत्यु
कर्णाली। जुम्लाको तिला गाउँपालिका–३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको छ ।
फागुन २५ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एक शिशुलाई जन्म दिएकी नेपालीको स्वास्थ्य अवस्था जटिल बनेपछि बिहीबार थप उपचारका लागि हेलिकोप्टरमार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको थियो ।
उपचारका क्रममा बिहीबार राति अस्मिताको मृत्यु भएको प्रदेश अस्पताल सुर्खेतका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा ललिजङ्ग शाहीले जानकारी दिए । उनले भने, “नेपालीको गर्भावास्थामा प्रेसर बढेर अस्पताल पुर्याइएको थियो । बिरामीमा मिर्गौला र कलेजको पनि समस्या थियो । प्रसूति तथा स्त्रीरोग विशेषज्ञले गर्नुपर्ने उपचार जुम्लामा नभएकाले यहाँ ल्याइएको थियो ।”
शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँ लैजाने भनिए पनि सिधैँ त्यहाँ लैजाने अवस्था नभएकाले डायलोसिस हुन सक्छ कि भनेर यहाँ ल्याइएको जनाउँदै डा शाहीले सेन्ट्रल भेनस क्याथेटराइजेसन (सिभिसी) खोल्न नमिलेपछि सघन उपचार कक्ष (आइसियु) राखेर उपचार थालिएको बताए । उनका अनुसार उपचारको क्रममा बिहीबार राति १ः०० नेपालीको मृत्यु भएको हो ।
अस्मिताको स्वास्थ्य अवस्थामा सुधार नआएपछि प्रतिष्ठानको सघन कक्षमा राखेर उपचार गरिएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल बन्दै गएपछि स्वास्थ्यमा थप सुधार ल्याउन राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत हेलिकोप्टरमार्फत सुर्खेत पुर्याइएको बताउँदै उपचारका क्रममा राति मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार अस्मिताको कलेजो र मिर्गौलामा समस्या देखिएको थियो । चार दिनअघि जुम्ला प्रतिष्ठानमा शिशुको जन्म दिएकी अस्मिताको उपचारका क्रममा मृत्यु भएको बताउँदै उनले नवजात शिशुको अवस्था भने सामान्य रहेको उल्लेख गरे ।
मृतकका श्रीमान् राज नेपालीले निरन्तर प्रयास गरे पनि अस्मितालाई बचाउन नसकिएको दुःखेसो व्यक्त गरे । नवजात छोरीको अवस्था सामान्य रहेको उनको भनाइ छ ।
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया