स्वास्थ्यमन्त्री गौतमद्वारा जिपी कोइराला उपचार केन्द्रको निरीक्षण
दमौली (तनहुँ)। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको निरीक्षण गरेकी छिन् ।
त्यस क्रममा उनले उपचार केन्द्रबाट भइरहेको सेवाप्रवाहबारे जानकारी लिएकी हुन् ।
उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले केन्द्रबाट प्रवाह भइरहेका सेवाबारे मन्त्री गौतमलाई जानकारी गराए ।
अघिल्लो सरकारका पालामा सम्पन्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार भारत सरकारसँग तीन सय शय्यामा अस्पताल स्तरोन्नतिका लागि सम्झौता प्रक्रिया अगाडि बढाउन मन्त्री गौतमको ध्यानाकर्षण गराइएको थियो ।
जवाफमा स्वास्थ्यमन्त्री गौतमले उपचार केन्द्रलाई विशिष्ट अस्पतालको रूपमा विकास गरिने बताईन् । मन्त्रालयका सचिव डा विकास देवकोटाले अस्पताललाई श्वासप्रश्वास अस्पतालको रूपमा विकास गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा श्वासप्रश्वाससम्बन्धी विशिष्टिकृत सेवा दिन यहाँ अस्पताल स्थापना गरिएको थियो । सरकारले विसं २०६७ सोसम्बन्धी निर्णय गरेको थियो । हाल यहाँ पचास जनरल वाड सञ्चालनमा छन् ।
विसं २०७५ सालमा सोही ठाउँमा रहेको सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई हस्तान्तरण गरिएको थियो । हाल उपचार केन्द्रको नाममा ७४० रोपनी जग्गा प्राप्त भइसकेको छ ।
- # जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र
- # डा सुधा शर्मा गौतम
- # स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल
ताजा अपडेट
- शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व
- आजदेखि तीनमहिने डेङ्गु सचेतना अभियान सुरु
- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा पुनर्संरचनाको तयारी
- जलन उपचार सुधारमा मन्त्रालयको जोड : स्वास्थ्यकर्मीलाई विशेष तालिमदेखि सबै तहमा उपचार प्रणाली सुदृढ बनाउने तयारी
- चितवनमा एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस
- बागमती प्रदेशका अस्पतालमा विशेषज्ञ सेवा विस्तार
- तीन महिनामा तीन हजार २९६ विपद्का घटना , १६० जनाको मृत्यु
- गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व होः मन्त्री मेहता
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया