‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक तथा शारीरिक क्षमता बढाउँदै
काठमाडौँ । बालबालिकाका लागि ‘स्वर्णविन्दु प्राशन’ प्रभावकारी बन्दै गएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले गरेको प्रारम्भिक अनुसन्धानमा ‘स्वर्णविन्दु प्राशन’ले बालबालिकाको बौद्धिक विकास र रोगप्रतिरोधात्मक क्षमता बढाएको विभागका निमित्त महानिर्देशक डा श्यायबाबु यादवले जानकारी दिए ।
विभागले चितवन र दाङमा गरेको अध्ययनअनुसार यस विषयमा पढ्न रुचि र भोक तथा पाचन प्रणालीमा पनि सुधार गरेको बताए । एक वर्षदेखि ५ वर्ष मुनिका बालबालिकाको बौद्धिक विकास, रोगव्याधिसँग लड्न क्षमता बढाउन र शारीरिक विकासका लागि सरकारले गत भदौ ५ गतेदेखि ‘स्वर्णविन्दु प्राशन’ अभियान थालेको हो ।
“अहिले विभागले देशभरिका २१ जिल्लाका २५ आयुर्वेदिक चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ खुवाउन थालेको छ । ‘स्वर्णविन्दु प्राशन’ खाएपछि बालबालिका पटक पटक बिरामी हुन छाडेका छन् । पढ्न रुचि पनि बढेको छ,” विभागका डा सुशान्त भण्डारीले भने, “बालबालिकालाई खानपानमा पनि रुचि बढेको छ र उनीहरु फुर्तिलो समेत भएका छन् ।”
‘स्वर्णविन्दु प्राशन’ तीन घण्टाको समिश्रणबाट तयार पारिएको हुन्छ । स्वर्ग भष्म (सुनलाई आयुर्वेद पद्धतिबाट बनाइएको भष्म), घ्यू (वाह्मी घृत) र मह मिलाएर बनाउने गरिन्छ । स्वर्ण भष्म तीन मिलिग्राम, घ्यू दुई मिलिग्राम र मह एक मिलिग्राम मात्रा राखेर ‘स्वर्णविन्दु प्राशन’ तयार पार्ने गरिन्छ ।
विभागका निमित्त महानिर्देशक डा यादवले पहिले सबै जिल्लास्थित आयुर्वेद चिकित्सालयबाट ‘स्वर्णविन्दु प्राशन’ र त्यसपछि स्थानीय तहमा ‘स्वर्णविन्दु प्राशन’ अभियान सञ्चालन गर्ने बताए । एक वर्षदेखि ५ वर्ष मुनिका बालबालिकालाई ३० महिना नियमित खुवाएपछि बौद्धिक विकास, रोगप्रतिरोधात्मक क्षमता वृद्धि र शारीरिक विकास हुन्छ ।
ताजा अपडेट
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- सेती प्रादेशिक अस्पताल : मृर्गौला डायलाइसिस बिरामीको चाप
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- निजी अस्पताल सञ्चालन र सरकारी नीति
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान
धेरैले पढेको
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
- डडेल्धुरा अस्पताल : आकस्मिक बाहेक सबै सेवा बन्द
- गरिबीले रोक्न सकेन सत्यनारायणको ‘डाक्टर’ बन्ने सपना
- बुद्ध एयर जहाज दुर्घटना : सहचालक सहित सात यात्रु सामान्य घाइते,छ जना सामान्य उपचारपछि ’डिस्चार्ज’
- शुक्लाफाँटा नगरपालिकाद्वारा ‘एमबिबिएस’ अध्ययनका लागि पुष्पराजलाई वार्षिक १० लाख छात्रवृत्ति प्रदान
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : उपकुलपति र रजिष्ट्रार नियुक्त
- हिमालय आँखा अस्पतालद्वारा अर्जुनचौपारीमा ६१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया
- सेती प्रादेशिक अस्पताल : मृर्गौला डायलाइसिस बिरामीको चाप


तपाईको प्रतिक्रिया