वीरेन्द्र अस्पतालको शतवार्षिकी सम्पन्न
काठमाडौँ । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र अस्पतालले आफ्नो स्थापनाको १००औँ वर्ष पूरा गरेको छ ।
सो अवसरमा सोमबार प्रधानसेनापति महारथी अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा जङ्गीअड्डास्थित सभामण्डपमा विविध कार्यक्रम गरी वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।
सैनिकका रूपमा राष्ट्रपतिको कर्तव्य र स्वास्थ्यकर्मीका कठिन जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरी वीरेन्द्र अस्पतालको चिकित्सा क्षेत्रमा विशेष योगदान पु¥याउने प्रथम कमाण्डिङ अफिसर वरिष्ठ शल्यचिकित्सक प्राविधिक सहायक रथी मदनमान मल्ल र मेट्रोन प्राविधिक प्रमुख सेनानी विन्दु श्रेष्ठलाई प्रधानसेनापतिद्वारा सम्मान गरिएको थियो ।
अस्पतालका ‘कमाण्डाण्ट’ प्राविधिक सहायक रथी डा नम्रता रावलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, बहालवाला तथा अवकाश प्राप्त रथीवृन्द, अधिकृत, सैनिक श्रीमती सङ्घका पदाधिकारी, विभिन्न अस्पताल एवं सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति थियो ।
शतवार्षिकी कार्यक्रम मनाउने क्रममा यही पुस १३ गते छाउनीस्थित वीरेन्द्र अस्पतालको प्राङ्गणमा प्रधानसेनापतिबाट नवनिर्मित वीर स्मारकको अनावरण गरिएको नेपाली सेनाले जनाएको छ ।

ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया