स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले शुक्रबार सिंहदरबार वैद्यखाना विकास समितिको अनामनगरस्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरेकी छिन् ।
सो क्रममा उनले समितिलाई आयुर्वेदिक औषधि उत्पादन गर्नका लागि आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता व्यक्त गरीन् । उनले समितिबाट उत्पादन भएका आयुर्वेदिक औषधि मुलुकभर पुर्याउनुपर्नेमा समेत जोड दिए ।
मन्त्री डा गौतमले वैद्यखानाबाट उत्पादन भएका आयुर्वेदिक औषधि र खाद्यपूरक आहारको प्रचार हुन नसकेकाले प्रचारमा पनि ध्यान दिन आग्रह गरीन् ।
सरकारले नागरिक आरोग्य केन्द्रमार्फत मानिसको जीवनशैली परिवर्तन गर्नु आवश्यक रहेको उउनले बताईन् । मन्त्री गौतमले औषधि उपचारमा जडीबुटी र आयुर्वेदको प्रयोग बढाउनुपर्ने बताईन् । उनले समितिबाट उत्पादन हुने आयुर्वेदिक औषधिको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताईन् ।
कार्यक्रममा समितिका कार्यकारी निर्देशक डा प्रदीप केसीले समितिबाट अहिले ९४ प्रकार औषधि उत्पादन भइरहेको जानकारी दिए ।
उनले समितिबाट उत्पादन भइरहेका औषधिको माग बढिरहेकाले सबै आयुर्वेद औषधालयमा आयुर्वेद औषधि पुर्याइरहेको बताए । अनुगमनका क्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवको सहभागिता थियो ।
ताजा अपडेट
- धनगढीका दुई अस्पतालले तिरेनन् आयकर, १५ दिनभित्र बुझाउन राजस्व कार्यालयको निर्देशन
- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयले आफ्नै औषधि उत्पादन गर्ने
- गेटा आँखा अस्पताल: कर्मचारीले नियमअनुसार पाउने सेवा सुविधा मागे, अस्पताल प्रशासन धम्काउँदै
- गेटा अस्पतालमा चरम लापरवाहीः ईमरजेन्सीमै भान्सा, रिकभरी रूममै चिकित्सकको बास !
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रारका लागि दरखास्त आह्वान
- घट्दै स्तनपान अभ्यास, बढ्दै शिशु स्वास्थ्यमा चुनौती
- ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ : बालबालिकामा कुपोषण बढ्यो
- एमबीबीएस तथा बीडीएस इन्टर्नको भत्ता पुनरावलोकन गर्न सिफारिस
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग


तपाईको प्रतिक्रिया