स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससले शिष्टाचार भेट गरेकी छिन् ।
छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार भएको भेटमा मन्त्री गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य तथा आप्रवासी स्वास्थ्यका विषयका नेपालको अवस्था स्पष्टपारेकी थिईन्।
स्वास्थ्य बिमा र औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका कदमबारे उहाँहरूबीच विस्तृत छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

सो अवसरमा महानिर्देशक गेब्रेयससले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताको प्रशंसा गरे । उनले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन र तय गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग रहने आश्वासनसमेत दिए ।
स्वास्थ्य मन्त्री गौतम हाल नयाँ दिल्लीमा ‘डब्लुएचओ समिट अन ट्रेडिशनल मेडिसिन’ सम्मेलनमा सहभागी छन् ।
- # #विश्व स्वास्थ्य सङ्गठन
- # महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयसस
- # स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया