स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयससले शिष्टाचार भेट गरेकी छिन् ।
छिमेकी मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार भएको भेटमा मन्त्री गौतमले नेपालमा मानसिक स्वास्थ्य सेवाको सुदृढीकरण, प्रजनन स्वास्थ्य तथा आप्रवासी स्वास्थ्यका विषयका नेपालको अवस्था स्पष्टपारेकी थिईन्।
स्वास्थ्य बिमा र औषधि खरिद तथा व्यवस्थापन प्रणालीमा सुधार ल्याउन नेपाल सरकारले चालेका कदमबारे उहाँहरूबीच विस्तृत छलफल भएको मन्त्री गौतमको सचिवालयले जनाएको छ ।

सो अवसरमा महानिर्देशक गेब्रेयससले नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा देखाएको उच्च प्रतिबद्धता र प्राथमिकताको प्रशंसा गरे । उनले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन र तय गरिएका लक्ष्यहरू प्राप्त गर्न विश्व स्वास्थ्य सङ्गठनको तर्फबाट निरन्तर प्राविधिक तथा रणनीतिक सहयोग रहने आश्वासनसमेत दिए ।
स्वास्थ्य मन्त्री गौतम हाल नयाँ दिल्लीमा ‘डब्लुएचओ समिट अन ट्रेडिशनल मेडिसिन’ सम्मेलनमा सहभागी छन् ।
- # #विश्व स्वास्थ्य सङ्गठन
- # महानिर्देशक डा टेड्रोस एड्हानोम गेब्रेयसस
- # स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया