स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्माले स्वास्थ्य क्षेत्रको समग्र सुधार र जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताएकी छिन् ।
देशकै पहिलो छात्रा स्कुल ‘कन्या मन्दिर मावि’को अभिभावक भेला तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री डा शर्माले शिक्षाबाट महिला वञ्चित भए घरपरिवार, समाज र देश नै पछि पर्ने भएकाले महिला शिक्षामा जोड दिएकी हुन् ।
मुलुकमा कूल जनसङ्ख्याको आधा हिस्साभन्दा बढी महिला रहेको प्रसङ्ग उल्लेख गर्दै उनले भनिन्, “सहरबजारकै बासिन्दासमेत निरक्षर रहेको राणाकालीन समयमा खुलेको कन्या मन्दिर माविले महिलालाई साक्षर र सक्षम बनाउन अतुलनीय भूमिका निर्वाह गरेको छ । विसं २००३ मा स्थापना भई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस विद्यालयबाट उत्पादित विद्यार्थीमध्ये धेरै जना दक्ष चिकित्सक, इञ्जिनीयर, उच्च ओहोदाका राष्ट्रसेवका कर्मचारी, प्राध्यापक, उद्यमी, व्यवसायीलगायत विभिन्न क्षेत्रमा सफल भएका छन् । आफू पनि यसै विद्यालयको विद्यार्थी हुनुका नाताले कन्या मन्दिर माविप्रति सदैव गर्व गर्दछु । राम्रोसँग पढी देश र जनताप्रति समर्पित हुन सबै विद्यार्थीसँग अनुरोध गर्दछु ।”
सो अवसरमा मन्त्री डा शर्माले कक्षा ११ र १२ मा विज्ञान विषय लिइ अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई आर्थिक सहयोग गर्ने उद्देश्यसहित रु पाँच लाख प्रदान गरीन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले आवश्यक स्रोतसाधनको व्यवस्थासहित शिक्षक तथा कर्मचारीको मनोबल उच्च बनाउँदै गुणस्तरीय शिक्षाका पक्षमा खटिएर शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको बताईन् ।
विद्यालयका प्रधानाध्यापक घनश्याम न्यौपानेले उत्कृष्ट नतिजासहित प्रवेशिका परीक्षामा निरन्तर बोर्डमा आउन सफल विद्यालयको शैक्षिक गुणस्तर क्रमशः खस्कन थालेकामा सर्वत्र चिन्ता र चासो व्यक्त भइरहेका अवस्थामा विद्यालय व्यवस्थापन समिति, आमअभिभावक, शिक्षक तथा कर्मचारीको सहयोगमा शतप्रतिशत नतिजासहित देशकै उत्कृष्ट विद्यालयका रुपमा स्थापित गर्न सफल भएको बताए ।
काठमाडौँ महानगरपालिका–१७ क्षेत्रपाटीमा रहेको सो विद्यालयमा हाल एक हजार २०० छात्राले अध्ययन गरिरहेको र गत एसइईको परीक्षामा एक विद्यार्थीले चार जिपिएसहित सबै उत्तीर्ण भएको प्रधानाध्यापक न्यौपानेले जानकारी दिए ।
सो विद्यालयको ७९औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोहमा उत्कृष्ट काम गर्ने शिक्षक तथा कर्मचारी र एसइईलगायत परीक्षामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया