गण्डकीमा मानसिक अस्पतालको अभाव
गण्डकी । गण्डकी प्रदेशमा मनोसामाजिक समस्या भएका बिरामीको सङ्ख्या दिनानुदिन बढ्दै गएपनि उक्त रोगको निदान तथा औषधोपचारका लागि विशिष्टिकृत र सुविधायुक्त अस्पतालको अभाव छ ।
अन्य अस्पतालमा पनि दरबन्दीअनुसार मानसिक रोगका विशेषज्ञ चिकित्सक नहुँदा उपचार सेवा प्राप्त गर्न कठिनाइ छ । मानसिक समस्याबाट गुज्रिरहेका दुरदराजका बिरामी महँगो खर्चमा काठमाडौँका अस्पतालमा पुग्न बाध्य छन् ।
गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकका अनुसार गण्डकी प्रदेशमा हालसम्म मानसिक अस्पताल छैन ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले पोखरामा विशिष्टिकृत अस्पताल सरहको मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माणका लागि पहल गरेपनि त्यसले सार्थकता पाइनसकेको उनको भनाइ छ ।
स्वास्थ्य मन्त्रालय र जिल्ला समन्वय समिति, कास्की मिलेर उक्त केन्द्र निर्माणका लागि गत वर्षदेखि छलफल हुँदै आएको थियो ।
स्वास्थ्यमन्त्री पाठकले मानसिक स्वास्थ्य समस्या विकराल बन्दै गएकाले प्रदेशस्तरमा सुविधायुक्त मानिसक अस्पताल आवश्यकता औँल्याए । उनका अनुसार गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याकै कारण औसतमा दैनिक दुई जनाले आत्महत्या गर्ने गरेको आँकडाले देखाएको छ ।
मन्त्रालयले मानसिक रोगको निदान, परामर्श, उपचारलगायतमा गुणस्तरीय सेवा प्रदान गर्ने गरी मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्र स्थापनाका लागि पहल अगाडि बढाएको थियो ।
पोखराको सिर्जनाचोकमा रहेको जिल्ला समन्वय समितिको जग्गामा उक्त केन्द्र निर्माण गर्ने गरी विभिन्न चरणमा छलफल भएको मन्त्री पाठकले बताए ।
गत वर्ष नै सङ्घ सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयका सचिव, महानिर्देशक, महाशाखा प्रमुख, जिल्ला समन्वय समितिका प्रमुखलगायतको बैठकले केन्द्र निर्माणका लागि आवश्यक सबै तयारी र पहल अगाडि बढाउने निर्णय गरेको थियो ।
मानसिक रोगको उपचार गर्ने अस्पतालका रूपमा मात्रै नभएर समग्र मानसिक स्वास्थ्य प्रवर्द्धन केन्द्रका रूपमा विकास गर्ने योजना बनाइएको स्वास्थ्यमन्त्री पाठकले बताए ।
अन्य अस्पतालबाट मानसिक रोगको पनि उपचार तथा परामर्श सेवा प्रदान गरिएपनि गण्डकी प्रदेशमा मानसिक रोगसम्बन्धि छुट्टै विशिष्टिकृत अस्पताल अहिलेसम्म बनेको छैन ।
ताजा अपडेट
- स्वास्थ्यमन्त्रीद्वारा सिंहदरबार वैद्यखाना निरीक्षण
- सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो
- जेनजी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल : ४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य
- बिद्यालय नर्स कार्यक्रम : कार्यरत नर्सिङ कर्मचारीनै समस्यामा
- एम्बुलेन्स सेवा निर्देशिका पालना नगरेमा कारबाही गरिने
- विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु
- विषादीको प्रयोगले मानव स्वास्थ्यमा असर
- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा केन्द्रीय प्रयोगशाला सेवा सुरु
धेरैले पढेको
- चौकीदार देखि जनस्वास्थ्य प्रशासकसम्म : कुँवरको प्रेरणादायी यात्रा
- गाउँबाट सुरु भएको डा. सन्दिप ओखेडाको प्रेरणादायी यात्रा
- प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुखमा डा.मिश्र
- सुदूरको स्वास्थ्यमा लापरबाही : फार्मेसीमै विशेषज्ञ सेवा ! क्लिनिकले नै लिन्छ मान्छेको ज्यान
- दुर्गमको व्यथा बुझेका डा. रवीन्द्र अब दार्चुला अस्पतालको कमाण्डर !
- सुदूरपश्चिम प्रदेशको स्वास्थ्यतर्फ बढुवा भएका उपसचिवको पदस्थापन
- एक दशकदेखि नर्सिङ अध्यापन सेवामा नवजीवन कलेज , संख्याभन्दा गुणस्तरमा चिन्ता !
- नवजिवन अस्पतालमा थप बिशेषज्ञ सेवा बिस्तार


तपाईको प्रतिक्रिया