स्वास्थ्य मन्त्रालयको सेवा सिंहदरबारबाट सुरु
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबारबाट सेवा प्रवाह सुरु गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज देखि आंशिक रूपमा सिंहदरबारबाट सेवा प्रवाह भएको जानकारी दिए ।
उनका अनुसार मन्त्री, दुई सचिव, नीति, योजना तथा अनुगमन महाशाखा र कर्मचारी महाशाखाबाट हुने सेवा प्रवाह सिंहदरबारबाट सुरु गरिएको छ ।
सिंहदरबारस्थित नेपाली सेनाको नर्सिङ दल गणको खाली जग्गामा विश्व स्वास्थ्य सङ्गठनले मन्त्रालयका लागि छ वटा ‘प्रिफ्याव ब्लक’ बनाइदिएको छ ।
“मन्त्रालयका सबै शाखा सर्न अझै एक महिना लाग्छ,”उनले भने, “तत्कालका लागि मन्त्री र दुई सचिव र दुई महाशाखाको काम सिंहदरबारबाट सुरु गरिएको हो ।”
गत भदौ २४ गते भएको जेनजी आन्दोलनका कारण रामशाहपथस्थित मन्त्रालयमा आगजनी भएपछि अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयबाट मन्त्रालयले सेवा दिइरहेको थियो ।
ताजा अपडेट
- बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण
- स्वास्थ्य बिमाको अघिल्लो वर्षसम्मको भुक्तानी सकियो
- शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय र सामाजिक विकास मन्त्रालयबीच शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौता
- खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल
- भोटेकोशी बाढीः ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी
- नेपाल तरुण दल चितवनले नुवाकोटको लामुसोती पुगेर राहत वितरण गर्यो…..
- भोटेकोशी बाढी : विभिन्न अस्पतालमा यसरी भैराखेको छ शव व्यवस्थापन
- धुलिखेल अस्पतालमा निर्माणाधीन १०० शय्याको ट्रमा सेन्टर
धेरैले पढेको
- मुख्यमन्त्रीकै संरक्षणमा अछाम अस्पतालमा ‘ब्रमलुट’, ७० लाखको नगद र औषधी गायव, डकैती लुकाउन ‘प्रशासनिक कू’ !
- सुदूरपश्चिम प्रदेशमा अस्पताल नर्सिङ प्रशासकको रिक्त दरबन्दी पदपूर्ति
- सुदूरपश्चिममा पहिलो पटक आईभिएफ सेवा सुरु
- सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति
- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वबिद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक
- स्वास्थ्य बिमा : डिजीटल सूचना सेवा सुरु
- धनगढीमा १ सय शय्याको केयरटेकर हस्पिटल सञ्चालन
- वरिष्ठ मुटुरोग विशेषज्ञ डा. विप्लव : सुदूरपश्चिमका ‘मुटु’को ढुकढुकी !


तपाईको प्रतिक्रिया